Breaking News

टेलिकम कार्यालय गाईगोठमा परिणत

प्रकाशित मिति : २५ पुष २०७५, बुधबार १८:५१

विराटनगर २५ पुस । मोरङको बेलबारी नगरपालिका ३ मा रहेको नेपाल टेलिकमको कार्यालय गाईगोठमा परिणत भएको छ ।

कार्यालय रहेको स्थानमा आज पुग्दा कार्यालय परिसरमा १ सय भन्दा बढी गाईबस्तु बाँधिएका थिए । गाईगोठकै रुपमा परिणत भएको सो स्थानमा टेलिकमका तार देखि महत्वपुर्ण सामानहरु गोबरले पुरिएका थिए ।

सो स्थानमा रहेको टावर केही बर्षअघि नै हावाले लडाईसकेको थियो । टावरको कुनै सामानहरु सो स्थानमा थिएनन् । सो स्थानबाट धेरै सामानहरु हराइसकेका छन् भने कतिपय सामानहरु खिया लागेर कामै नदिने भएका छन । जीर्ण बनेको गेटमा ताला लगाए पनि केही स्थानीयहरुले सो ताला फोरेर गाई बाँध्ने गोठ बनाएका छन ।

कार्यालय परिसरमा करोडौ मुल्यका टेलिकमका सामग्रीहरु जतासुकै छरिएका छन् भने तारहरु समेत यत्रतत्र रुपमा देखिन्छन ।

बन्द रहेका केही कोठाहरु समेत खण्डहर बनेर भत्किने अवस्थामा पुगेका छन । कम्पाउण्ड समेत भत्किएपछि सोही ठाउँ लागुपदार्थ दुब्र्यसनीहरुका लागी गतिलो अखडा समेत बनेको छ ।

बि.स २०५४ सालमा तत्कालिन बेलबारी गाँउ विकास समितिका अध्यक्ष शिवप्रसाद बराल रहेका बेला नेपाल टेलिकम क्षेत्रीय कार्यलयसँग सो स्थानमा टावर निर्माण गर्ने सहमतिका साथ २ कट्ठा जग्गा उपलब्ध गराईएको थियो ।

सो स्थानमा टावर निर्माण भएपनि सो टावरले सेवा प्रबाह नगरेको र उल्टै गाविसको जग्गा ओगटेर यतिबेला लथालिंङ बनेको स्थानीय गुनासो गर्छन । वर्षौदेखि सो स्थानलाई न त टेलिकमले प्रयोग गर्न सकेको छ न त नगरपालिका ले नै उपयोग गर्न सकेको छ ।

बेलबारी नगरपालिका भईसककेको र स्थानीय निर्बाचन भएर जनप्रतिनिधि समेत आएको एक वर्ष बितिसके पनि सोही ठाँउको उपयोग नभएको भन्दै स्थानीय बासिन्दा आक्रोसित बनेका छन् ।

सोही ठाँउमा केही समय अघि ट्राफिक पोष्ट बनाउनका लागि पहल गरेपनि विविध कारण सफल नभएको र राज्यको करोडौ सम्पत्ति यसरी नष्ट हुँदा समेत टेलिकम र नगरपालिकाले चासो नदिएको भन्दै स्थानीय तथा नेकपाका जिल्ला सदस्य प्रतापकुमार थापाले रोष प्रकट गर्नुभयो । उहाँले नगरपालिकाले यो ठाँउ कि उपयोग गर्न या त खाली गर्नुपर्ने समेत बताएका छन् ।

राज्यको सम्पत्ति यसरी दुरुपयोग हुनु दुःखद रहेको उहाँले बताउनुभयो । स्थानीय कुलबहादुर थापाले नगरपालिकाले समेत यस बिषयमा चासो नदेखाउँदा दुःख लागेको बताउनुभयो ।

सो स्थानमा रहेको टावर समेत भत्किएर चिनो नै हराएको छ भने करोडौंका सामानहरु कार्यलय परिसरमा कामै नदिने अवस्थामा गोबरले पुरिएका छन ।

सोही स्थानमा न त टेलिकमले कुनै खोजी गरेको छ न त नगरपालिकाले नै कुनै प्रयोजनका लागी प्रयोग नै गरेको छ । सोही बिषयमा नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख अमरनाथ झा सँग सम्पर्क गर्दा उनले यस बिषयमा आफूलाई कुनै जानकारी नभएको र शाखा अधिकृत प्रकाश शर्मा सँग बुझन आग्रह गर्नुभयोे ।

त्यसपछि शर्मा सँग बुझदा सोही स्थानमा राखिएको टावर तारले बाँधिएका कारण हावाले लडाएको र त्यसपछि सो स्थानमा के गर्ने भन्ने बिषयमा कुनै छलफल नभएको प्रतिक्रिया दिनुभयो ।

विराटचौकबाट सबै काम भईरहेका कारण त्यहाँको बारेमा केही नसोचिएको जवाफ दिनुभएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३