Breaking News

छैठौं तहमा समायोजन गर्न कम्प्यूटर अपरेटरहरुको माग

प्रकाशित मिति : २४ पुष २०७५, मंगलवार १७:२४

विराटनगर, २४ पुस । नेपाल विविध सेवा अन्तगर्तका कम्प्यूटर अपरेटरहरुले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग नेपाल प्रशासन सेवाको छैटौं तहमा समायोजन गर्न माग गरेका छन् ।

आज प्रदेश १ का मुख्यमन्त्री मार्फत संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको गुनासो व्यवस्थापन समितिका संयोजकलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

कर्मचारी समायोजन अध्यादेश २०७५ बमोजिम समायोजन गर्दा ५ वर्ष सेवा अवधि पुरा भएका नेपाल विविध सेवा, कम्यूटर अपेरटर (रा.प. अनं. प्रथम) हरुलाई हाल विद्यमान रहे अनुसार नै नेपाल प्रशासन सेवाको छैटौं तहमा समायोजन गर्न माग गरेका हुन् ।

ज्ञापनपत्रमा सर्वोच्च अदालतले २०७३ साल कात्तिक २ गते मंगलबार गरेको फैसलाबाट नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणिका कम्प्यूटर अपरेटरहरु निजामती सेवा ऐन २०४८ र नियमावली २०५० बमोजिम जेष्ठता र कार्यसम्पादन मुल्याङ्कनको आधारमा बढुवा सुचना नं २३९(२०७२/०७३), २२५(२०७३/०७४) र १८४(२०७४/०७५) बाट नेपाल प्रशासन सेवा राजपत्राङ्कित तृतिय श्रेणीमा बढुवा भइरहेको विद्यमान अवस्था अवगत गराइएको छ ।

कम्प्यूटर अपरेटरहरुले संघ, प्रदेश र स्थानीय तहमा सांगठनिक पुनरसंरचना गर्दा २०६८ चैत्र २ गतेको मन्त्रीस्तरीय नितिगत निर्णय तथा सामान्य प्रशासन मन्त्रालयको २०६८ चैत्र १२ को परिपत्र विपरीत हुने गरि हाल विविधि सेवा अन्तर्गत कम्प्यूटर अपरेटर पदमा कार्यरत जनशक्ति भन्दा बढी संख्यामा पद निर्धारीत हुनु अनुपयुक्त हुने भन्दै सच्याउन माग गरेका छन् ।

उनीहरुले हालै जारी भएको कर्मचारी समायोजन अध्यादेश २०७५ बमोजिम कम्प्यूटर अपरेटरहरु पनि आफ्नो घरपायकका स्थानीय तह र प्रदेशमा समायोजन भएर जान पाउने अधिकारको सुनिश्चित गर्न माग गरेका छन् । मुख्यमन्त्रीको कार्यालयका सचिव यज्ञबहादुर खत्रिले ज्ञापनपत्र बुझ्दै सम्बन्धित निकायमा पुर्याइदिने बताउनुभयो ।
…………………

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३