Breaking News

‘विपद् बाट हुने जोखिमलाई विकाससँग जोडौं’

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार १८:०७

विराटनगर, २३ पुस । जुनसुकै विपद्बाट हुने जोखिमलाई विकाससंग जोडर लैजानु पर्ने सुझाव प्रदेश १ सरकारलाई सरोकारवालाहरुले दिएका छन् । भविश्यमा आईपर्ने विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि अहिल्यै योजना बनाएर लैजान आवश्यक रहेको भन्दै सरोकारवालाहरुले विपद्लाई विकास निर्माणसंग जोडेर लग्नु पर्ने सुझाव दिएका हुन् ।

उनीहरुले राज्यको भू—उपयोग नीति र विकासको गलत अभ्यासले बढी विपद्हरु निम्तने गरेको कुरामा सरकारसंधै गम्भीर हुनु पर्ने बताए । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरमा आज आयोजना गरेको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ः प्रदेश र प्रथामिकता’ विषयक छलफल कार्यक्रममा उपस्थित सरोकारवालाहरुले विपद्बाट वर्षेनी ठूलो धनजनको क्षति हुनुमा सरकारी कमजोरी रहेको पनि औंल्याए ।

नेपालका हरेक क्षेत्र र भूगोलमा विपद्को समस्या भएकाले सबै मन्त्रालयले विपद् न्यूनीकरण र व्यवस्थापनलाई आफ्नो नीति, कार्यनीति र योजनामा समावेश गर्न आवश्यक रहेको कुरामा सरोकारवालाको जोड छ ।

प्रदेशका मुख्यमन्त्री शेरधन राईले विपद् जोखिन न्यूनीकरण र व्यवस्थापनमा प्रदेश सरकारले आवश्यक तयारी गरिरहेको बताउँदै बजेट र कार्यक्रममा समेत सरकारले यसलाई प्राथमिकतामा राखेको जानकारी दिनु भयो । विगतलाई हेरेर जोखिम आउनु पूर्व नै अपनाउनुपर्ने सतर्कताको बारेमा प्रदेश सरकारको ध्यान गएको र सोही अनुसार कार्ययोजना, संरचना, बजेट र स्रोतसाधनको व्यवस्था गरिएको उहाँको भनाइ छ । नेपालमा धेरै खालका विपद् आइपर्नुमा भौगोलिक बनावट मुख्य कारण रहेको राईले बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले पूर्वाधार निर्माण देखि मानविय आवश्यकताका काम गर्दा दीर्घकालिन योजना बनाएर गर्न सुझाव दिनु भयो ।

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले राज्यको भू—उपयोग नीति र विकासको गलत अभ्यासले पनि बढी विपद्हरु निम्त्याउने गरेको स्पस्ट पर्नु भयो । कार्यक्रममा प्रदेशका मुख्य सचिव केदार न्यौपानेले नेपालमा विपद् व्यवस्थाः वर्तमान अवस्थार आगामी कार्यदिशा विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रदेश १ मा देखिएका विभिन्न विपद्हरुको बारेमा जानकारी गराउनु भयो ।

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३