Breaking News

पथरीशनिश्चरेद्धारा २ वटा कार्यविधि

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार १८:०४

विराटनगर, २३ पुस । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको आजको वैठकले २ वटा कार्यविधि पारित गरेको छ ।

नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा सम्पन्न वैठकले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि र एम्वुलेन्स सञ्चालन कार्यविधि सर्वसहमत पारित गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

शरणार्थी सम्वन्धी राष्ट्संघीय उच्चायोग ( युएनएचसीआर) मार्फत शरणार्थी प्रभावित क्षेत्रमा पर्ने नगरमा २ वटा एम्वुलेन्स उपलव्ध गराएको थियो ।

वैठकमा ‘डोजर सञ्चालन कार्यविधि’माथि छलफल भएपनि पारित हुन भनें वाँकी रहेको छ ।

नगरले ३९ लाख रुपैयाँमा डोजर खरिद गरेको छ । अव दैनिक विहानको समयमा वैठक राखेर वाँकी रहेका सूचना तथा सञ्चार, भाषा कला र संस्कृति, फोहोरमैला व्यवस्थापन सहितका केही कार्यविधि पारित गर्ने योजना नगरपालिकाको रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३