प्रकाशित : २३ पुष २०७५, सोमबार १८:०१

विराटनगर, २३ पुस । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने यस वर्षको सुदीश निरौला स्मृति साहित्य पुरस्कारबाट युवा समालोचक, अनुवादक, कवि, आख्यानकार महेश पौडेललाई पुरस्कृत गरिने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले पहिलोपटक पौडेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । सुदीश निरौला ट्रस्टका तर्फबाट टेकमाया निरौला संस्थापक रहेकी सो पुरस्कारको राशि १५ हजार र सम्मानपत्र रहेको छ । पौडेलका विभिन्न विधा र अनुवादका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

दिवंगत छोरा सुदीशका नाममा निरौला परिवारबाट यो पुरस्कार संस्थापन गरिएको हो । निरौलाको २०७२ सालमा सडक दुर्घटनामा परी निधन भएको थियो । इन्जिनियरसमेत रहेका निरौला साहित्यप्रति रुची राख्ने र कवितासमेत लेख्ने गर्दथे ।

यसै वर्षदेखि प्रदान गरिने पुरस्कार आगामी माघ ६ गते विराटनगरमा विशेष समारोह आयोजना गरेर समर्पण गरिने प्रतिष्ठानका सचिव मीनकुमार नवोदितले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३