Breaking News

ईमानमा नयाँ नेतृत्व चयन

प्रकाशित मिति : २२ पुष २०७५, आईतवार १२:०९

विराटनगर, २२ पुस । नेपाल शैक्षिक बजार ब्यवस्थापन संघ (इमान ) को पहिलो राष्ट्रिय महाधिवेशनले नरेन्द्रकुमार केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

विराटनगरमा गएराती सम्पन्न महाधिवेशनले १६ जनाको कार्यसमिती सर्वसहमती मा निर्वाचित गरेको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा मोरङका माधवप्रसाद खतिवडा, उपाध्यक्षहरुमा क्रमशः सुनसरीका अर्जुन गिरी, सिरहाका महेश महतो र काठमाडौका श्रीकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

महासचिवमा झापाका मिलन श्रेष्ठ, कोषाध्यक्षमा मोरङका भरत श्रेष्ठ, सचिवमा झापाका प्रेम अधिकारी र सह कोषाध्यक्षमा सुनसरीका दिलकुमार पुरी निर्वाचित भएका छन् ।

सदस्यहरुमा, झापाका जीवन काफ्ले, नारायण सुबेदी, सुनसरीका रन्जन भट्टराई, मोरङका वसन्त कार्की , डम्बर बुढाथोकी, सिरहाका दिपक ढकाल र ललितपुरका उद्धव घिमिरे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

२०७१ मा विभिन्न पब्लिकेसन्सको शैक्षिक सामाग्री को बजार ब्यवस्थापन गर्नेहरु संगठित भइ ईमान गठन भएको थियो । गत मंसिर २७ मा मोरङमा दर्ता भएको इमानमा देशभरका २८५ जना सदस्य रहेको बरिस्ठ उपाध्यक्ष माधवप्रसाद खतिवडाले बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३