Breaking News

विराटनगरका ठुला होटलहरुको क्षमता विस्तार गरिदै

प्रकाशित मिति : २२ पुष २०७५, आईतवार ०७:४७

विराटनगर, २२ पुस । व्यापारिक कारोवारी, सरकारी तथा गैर सरकारी संस्थाको गतिविधि र भारतीय पर्यटकहरुको आगमन बढ्न थालेपछि बिराटनगरका ठूला होटलहरु लगानी बढाएर क्षमता बिस्तारमा लागेका छन् ।

विराटनगर स्थित होटल इस्टन स्टारले झण्डै दुई करोड लगानी गरेर होटलको क्षमता बिस्तार गरेको होटल सञ्चालक भबिश श्रेष्ठले बताउनुभयो । बिराटनगर प्रदेश नं १ को राजधानी भएसँगै विभिन्न गतिविधि बढेको तर विराटनगरका ठूला होटलहरुमा सभा हल नरहेकाले होटल इस्टन स्टारले झण्डै छ सय जना अटाउन सक्ने ठूलो सभाहल निर्माण गर्नुको साथै होटलमा १५ भन्दा बढी कोठाहरु थप गरेको छ ।

त्यस्तै होटल एशीया टिकले पनि ठूलो नयाँ सभाहल, पौडी पोखरी र थप नयाँ कोठाहरु सहीत होटलको क्षमता विस्तार गरिरहेको होटल सञ्चालक गिरिराज बस्नेत बताउनु हुन्छ ।

होटल एशिया टिकले बिशेष गरेर ठूला पार्टी र बैबाहिक कार्यक्रमलाई मध्यनजर गरेर होटलको क्षमता बिस्तार गरिरहेको छ । पछिल्ला दिनमा विराटनगर प्रदेश नं १ को अस्थाई राजधानी र अरुण तेस्रो जलविद्युत आयोजनाका कारण व्यवसायिक गतिविधि बढ्न थालेपछि अधिकाँस होटलले आफ्नो क्षमता विस्तार गरिरहेका छन् ।
पछिल्ला केही बर्षका अवधिमा मात्र विराटनगरमा ठूला लगानीका ह्याारिसन, एशिया टिक, पाञ्चाली जस्ता तारे स्तरका होटलहरु आएका छन् ।
विगत डेड दशकको अबधिमा मात्र विराटनगरका पर्यटकीय स्तरको होटलमा १० अर्ब भन्दा बढी लगानी भइसकेको क्षेत्रीय होटल संघका अध्यक्ष राजन श्रेष्ठ बताउनुहुन्छ । त्यस बाहेक पनि पछिल्ला दिनमा विराटनगर देखि धनकुटा सम्मको राजमार्ग कोरिडोरमा स्थापना भएका ठूला साना होटलहरुमा पनि झण्डै त्यतिनै लगानी भईसकेको पर्यटन व्यवसायी बताउँछन् ।

प्रदेश नं १ कै व्यापारिक केन्द्र, विमान स्थल, वोरीपरी रमणीय तथा धार्मिक पर्यटकीय गन्तब्य र स्वास्थ्य शिक्षासँग सम्बन्धित ठूला शैक्षिक संस्थाहरु समेत रहेकाले विराटनगरलाई पूर्बी नेपालकै हबको रुपमा हेरिन्छ ।
स्वास्थ्य शिक्षासँग सम्बन्धित नोबले मिडिकल कलेज, बिराट मेडिकल कलेज जस्ता ठूला शैक्षिक संस्थामा अध्ययन गर्न आउने भारतीय बिद्यार्थीका अभिभाव र विराटनगर आँखा अस्पताल, नोबेल मेडिकल अस्पताल, न्यूरो अस्पताल जस्ता ठूला स्वास्थ्य संस्थामा उपचारका लागि आउने भारतीय नागरिक तथा स्वास्थ्य संस्थाहरुमा औषधि कारोवारका लागि आउने विभिन्न औषधि कम्पनीका प्रतिनिधिलो यहाँका होटलहरुको कारोबार बढाएकाछन् ।

पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तब्य स्थलको रुपमा रहेका धनकुटाको भेडेटार, हिले, नाम्जे, सुनसरीको कोसी टप्पु, बराहक्षेत्र, इलामको श्रीअन्तु, ताप्लेजुङ्गको पाथिभारा, तेह्रथुमको मिल्के जलजले जस्ता स्थानहरुमा स्वतःस्फुर्त रुपमा घुम्न आउने भारतीय पर्यटकहरुले विराटनगरका होटल व्यवसायिहलाई उत्साहित बनाएको छ । यी ठाउँहरुमा भारतको बिहार, झारखण्ड, पश्चिम बँगाल, सिक्किम दार्जेलिङ्ग, जस्ता स्थानहरुबाट बर्षेनी ठूलो सख्यामा पर्यटकहरु आउन थालेका छन् ।

पूर्वी नेपालका पर्यटकीय गन्तब्य स्थलको बारेमा भारतको बिहार, झारखण्ड, पश्चि बंगाल, उत्तर प्रदेश र सिक्मि जस्ता राज्यमा प्रचार प्रसार गर्न सके भारतीय पर्यटहरुको सख्या अझ बढाउन सकिने होटल एशिया टिकका सञ्चालक गिरिराज बस्नेत बताउनुहुन्छ ।
“तर प्रचार प्रसारको काम निजी क्षेत्र एक्लैले गरेर संभव नहुने त्यसमा सरकारले पनि सयोग गर्नुपर्छ ।

पूर्वाधार निर्माण, शान्ति सुरक्षा र यस क्षेत्रका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा राज्यले ध्यान दिने हो भने प्रदेश नं १ ले भारतको सिक्मिकै हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकहरु भित्र्याउन सकिन्छ ”– पर्यटन व्यवसायी बस्नेत भन्नुहुन्छ ।

द्वन्द्व र भारतीय नाकाबन्दीको समयमा नेपाल आउने भारतीय पर्यटकहरुको सख्या कमी भएपनि पछिल्ला दुई÷तीन बर्ष देखि बढेको कुरा क्षेत्रीय होटल संघ विराटनगरका अध्यक्ष राजन श्रेष्ठ बताउनु हुन्छ । यस क्षेत्रका पर्यटकीय होटलका पचास प्रतिशत ग्राहक भारतीयहरु नै हुने गरेको उहाँको भनाई छ ।

पछिल्ला दिनमा अस्थाई राजधानी भएसँगै दैनिक जसो हुने सरकारी तथा गैर सरकारी संस्थाहरुको दैनिक गोष्ठि सेमीनाहरुले पनि बिराटनगरका होटलवको कारोबार थप बढाएको छ ।

विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलमा स्तरोन्नती गरी पूर्वी पहाडी तथा हिमाली जिल्लाका उडानहरु विराटनगरबाटै गर्ने र सीमावर्ती जोगवनीमा अध्यागमन कार्यालय स्थापना गर्ने हो भने यस क्षेत्रको होटल तथा पर्यटन व्यवसाय अझ गुल्जार हुने कुरा अधिकाँस पर्यटन व्यवसायी सहमत देखिन्छन ।

यी मागहरु यस क्षेत्रका पर्यटन व्यवसायिले बर्षौ देखि उठाउँदै आए पनि सरकारले नसुनेको क्षेत्रीय होटल संघका अध्यक्ष श्रेष्ठको भनाई छ । जोगवनीमा अध्ययगमन कार्यालय स्थापना गर्दा भारतको गया घुम्न आएका बौद्धमार्गीहरु जोगवनीबाट सिधै विराटनगर हुँदै लुम्बिनी जानसक्छन् । यसले विराटनगरको व्यवसायमा सहयोग पुग्ने व्यवसायी बताउँछन् ।

त्यस्तै प्रदेश नं १ पहाडी जिल्लाहरुमा हुने उडान विराटनगरबाट गर्न सके त्यसले त्रिभूवन विमान स्थलको ट्राफिक जाम कम हुनुका साथै व्यवसायिक फाईदा विराटनगरले लिन सक्ने व्यवसायिको तर्क छ ।
तर यस बिषय लामो समय देखि उठाउँदै आएपनि राजधानीका व्यवसायिको दबाबका कारण सरकार नसुनेको विराटनगरका व्यवसायीहरुको आरोप छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३