Breaking News

नेशनल लाइफद्धारा चार परिवारलाई राहत बितरण

प्रकाशित मिति : २२ पुष २०७५, आईतवार ०७:३०

केराबारी, २२ पुस । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार एक कार्यक्रम गरी मृतकको चार परिवारलाई ८ लाख ७० हजार बराबरको मृत्युदावी भुक्तानी गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा विभिन्न समयमा बीमा गरी मृत्यु भएका परिवारलाई जम्मा सो रकम हस्तान्तरण गरिएको हो । राहत रकम कम्पनीका १ नम्बर प्रदेश इन्चार्ज नरेन्द्रकुमार राइले हस्तान्तरण गर्नुभएको थियो ।

कम्पनीबाट एकवर्ष अघि बिमाङ ४ लाखको वीमा गरेका इटहरी उपमहानगरपालिका ५ सुनसरीका प्राप्ति फुयाललाई ४ लाखको चेक हस्तान्तरण गर्नुभएको हो । फुयालको बुवा दिलकुमार फुयालको चार महिना अघि ह्रदयघातबाट मृत्यु भएको थियो । फुयालले अव बाकी किस्ता तिर्नु नपर्ने र र १६ वर्ष पछि करिब ८ लाख पुन पाउनेछन् ।

त्यसैगरी इटहरी ७ का गीता कुमारी चौधरीलाई पनि ३ लाख रुपैयाको चेक हस्तान्तरण गरिएको छ । चौधरीको श्रीमान फुलचन चौधरीले तीनवर्षअघि ३ लाख वीमाङको दम्पति अमृत वीमा गर्नुभएको थियो । वार्षिक २८हजार ३सय ६० का दरले ४ किस्ता ७९ हजार ३ सय ९२ रुपैया वुझाउनुभएका चौधरीले बाकी किस्ता तिर्न नपर्ने र २० वर्ष अवधि पछि चौधरीलाई करिब ७ लाख रुपैया पुन भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

मृत्युदावी भुक्तानी अन्र्तगत पथरी शनिश्चरे ३ का दिव्या भट्टराईलाई १ लाख ५० हजार वितरण गरिएको छ । वीमाङ १लाख ५० हजारको १५ वर्षे अवधिको बाल अमृत १ विमा पोलिसी जारी गरी वार्षिक १० हजार ५सय ९ रुपैयाका दरले किस्ता वुझाउदै आएका भट्टराईकी आमा सलकुमारी मगरको मृत्यु भएकाले वीमाङ एकलाख ५० हजार रुपैया भक्तानी गरिएको हो । अव भट्टराइले बाकी १३ किस्ता भुक्तानी गर्न नपर्ने तर अवधि पुरा पछि करिब ३ लाख रुपैया पुन पाउनुहुनेछ ।

साँघुरीगढी गाउपालिका २ धनकुटाका मान्वी लिम्बुलाई २० हजार रुपैया राहत प्रदान गरिएको छ । वीमाङक १ लाखको बाल अमृत बीमा पोलिसी जारी गरी  वार्षिक ७ हजार ४ सय २६ रुपैयाका दरले वुझाउदै आएका लिम्बुकी आमा मनिसा लिम्बुको मृत्यु पछि मानवीलाई अब मासिक १ हजारका दरले नियमित ८ वर्षसम्म रकम प्रदान गरिने र अवधि पुरा भएपछि करिब २ लाख रुपैया पुन प्रदान गरिने कम्पनीका प्रदेश प्रमुख राइले बताउनुभयो ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३