प्रकाशित : २१ पुष २०७५, शनिबार १८:४६


विराटनगर, २१ पुस । प्रदेश १ का प्रमुख प्रा.डा. गोबिन्द तुम्बाहाङले समयसापेक्ष शिक्षा दिनु आजको आवश्यकता रहेको बताउनु भएको छ ।
नेपाल शैक्षिक बजार व्यवस्थापन संघ (इमान)को पहिलो राष्ट्रिय महाधिवेशनको विराटनगरमा उद्घाटन गर्दै उहाँले पुरानो शिक्षाप्रणालीले देशले लिएको सुखि नेपाली समृद्ध नेपालको नारा सार्थक हुन नसक्ने बताउनुभयो ।
देशको आवश्यकता एउटा छ, तर शिक्षाप्रणाली अर्को तिरको हुँदा फलदायी नहुने तर्क गर्दै उहाँले नेपालको परिवेश र आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्न सोहि अनुरुपको शिक्षा निति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख तुम्बाहाङले संघिय संरचनामा गएको हाम्रो देशको शिक्षा निति प्रदेश र संघले लिएको समृद्ध नेपालको सपना साकार पार्न सघाउ पुग्ने गरि विकाुस गरिनुपर्नमा जोड दिनुभयो ।
उहाँले भौतिक पुर्वाधार, कृषि पर्यटनलगायतका क्षेत्रमा अधिक काम गर्नुपर्ने भएकाले सोही क्षेत्रमा काम गर्न सक्नेगरि दक्ष जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता रहेको तर्क गर्नुभयोे । उहाँले यसकालागि आवश्यक निति र सेलेबसहरु सोहि मुताबिक तयार हुनुपर्ने बताउनुभयो । यस्तै पाठ्यक्रम र पुस्तिकाहरु पनि सोहि अनुरुपको आउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्याब्सनका केन्द्रिय सल्लाहकार टीकाराम पुरीले अवको शिक्षालाई ज्ञान र सीपसँगै प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभयो । २१ औं सताब्दी प्रविधिको युग रहेकाले शिक्षासँग प्रविधि र सोही अनुरुपको शिक्षा आजको आवश्यकता रहेको तर्क गर्नुभयोे । शैक्षिक ज्ञान मात्र भएर पनि बेरोजारीको संख्या घटाउन कठिन हुने भन्दै ज्ञानसँगै सीप र प्रविधिलाई एकसाथ लैजानुपर्नेमा उनले जोड दिनुभयो ।
उहाँले यसकालागि राज्यले पनि सोहि निति लिनुपर्ने बताउनुभयो । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष मातृका शिवाकोटीले सरकारले निजि क्षेत्रलाई हतोत्साही बनाउन खोजेको आरोप लगाउनुभयो ।
कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य राजेशकुमार दास, इष्टुका रोहिणीरमण दवाडी, प्याव्सनका प्रदेश सचिव टिकाराम ढकाल, हिस्टान मोरङका अध्यक्ष कैलास दाहाल, शिक्षासेवी रुपेश खतिवडा, अभिभावकसंघका देवी पन्थि लगायतले इमानले खेलेको भूमिकाको प्रशंशा गर्दै महाधिवेशन सफलताको कामना गर्नुभयो ।