प्रकाशित : २१ पुष २०७५, शनिबार १६:२४

विराटनगर, २१ पुस । मोरङको कानेपोखरी गाउँपालिका ६ रमाइलोस्थित उज्जवल भविष्य बाल समूहले कलाकार र पत्रकारसहित विभिन्न क्षेत्रका सात जना व्यक्तिहरूलाई सम्मान गरेको छ ।

बाल समूहलको चौथो वार्षीक उत्सवको अवसर पारेर रमाइलोमा एक भब्य समारोहबीच कलाकार, साहित्यकार, पत्रकार र समाजसेवी तथा उद्योगीलाई क्लबले सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेहरूमा कलाकारको क्षेत्रबाट अभिनेता दिपकराज गिरी, निर्देशक तथा निर्मता दिपाश्री निरौला, गायक सुमित खड्का, गायिका मेनुका पाण्डे, पत्रकार अनिल श्रेष्ठ, साहित्यकार गंगा सुवेदी र समाजसेवी तथा उद्योगी बेनीगोपाल मुन्दडा रहनु भएको छ ।

समाज र राष्ट्रको लागि आ–आफ्नो क्षेत्रबाट विशिष्ट योगदान पुर्याएको भन्दै क्बलको वार्षीक उत्सवको अवसर पाररे सम्मान गरिएको उज्जवल भविष्य बाल समूहको संरक्षक सदस्य एविन पाठकले जानकारी दिनु भयो ।

सम्मानित व्यक्तिहरूलाई कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाको उपप्रमुख राजमती इङ्नाम, क्बलका अध्यक्ष विद्या दुलाल र कार्यक्रम संयोजक नवीन श्रेष्ठले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भयो । सोही अवसरमा यहाँको सरकारी तथा विभिन्न विद्यालयहरूमा अध्ययरत बालवालिकाहरूलाई क्बलले जाडोको न्यानो कपडा तथा स्कूल जाने ब्यागसमेत वितरण गरेको थियो ।

कार्यक्रममा हाँस्यकलाकार समेत रहेका दिपकराज गिरी र दिपाश्री निरौलाको प्रस्तुतीले रमाइलोबासीले छुट्टै मनोरञ्जन लिए । त्यस्तै गायक सुमित खड्काले आफ्नो राष्ट्रिय गीत प्रस्तुत गरे रमाइलोबासीलाई नचाउनु भाये । गायिका मेनुका पाण्डेले हिन्दी र नेपाली चिर्चित गीत गाएर मन्त्रमग्न बनाउनु भयो ।

कार्यक्रममा स्थानीय विद्यालयका बालवालिकाहरूले नृत्य र गीत गाएर थप मनोरञ्जन प्रदान गरेका थिए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३