Breaking News

पथरीबाट एक सातामा १३ फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति : २१ पुष २०७५, शनिबार १६:२२

विराटनगर, २१ पुस । मोरङको पथरीशनिश्चरेबाट एक साताको अवधिमा १३ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न मुद्धामा अदालतले दोषी ठहर गरे पनि फरार रहेकालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले बताउनु भयो । उहाँका अनुसार बहुविवाह, लागूऔषध, वन, सवारी ज्यान, सार्वजनिक अपराध र जवरजस्ती करणी मुद्धाका फरारहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई अदालतले दोषी ठहर गर्दै कैद सजाय तथा जरिवानाको फैसला गरेको थियो । पक्राउ गरिएकालाई अदालतमा बुझाइएपछि कैद सजाय भएकालाई सजाय भुक्तानका लागि कारागार चलान गरेको र जरिवाना तिर्न बाँकी रहेकालाई जरिवाना तिराएर अदालतले छाडेको प्रहरीले जनाएको छ ।

प्रहरीले जवरजस्ती करणी मुद्धामा फरार रहेका पथरीशनिश्चरे नगरपालिका २ का २८ वर्षीय राजेश धिमाललाई पक्राउ गरेको छ । अदालतले २०७३ साल फागुन २२ गते धिमाललाई ११ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

त्यस्तै बहुविवाह मुद्धामा एक वर्ष कैद सजाय सुनाइएका पथरीशनिश्चरे ३ का ४५ वर्षीय धनपति राईलाई पनि प्रहरीले पक्राउ गरेको अदालतमा बुझाएको छ । अदालतले राईलाई २०७३ साल पुस १० गते एक वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३