Breaking News

दुई सञ्चारकर्मी सहित तीन जना पुरस्कृत

प्रकाशित मिति : २० पुष २०७५, शुक्रबार १८:४८

विराटनगर, २० पुस । नेपाल पत्रकार महासंघ मोरङ शाखाले दुई जना सञ्चारकर्मी र एक जना कर्मचारी पुरस्कृत गरेको छ ।

आज विराटनगरमा भएको शाखाको १३ औँ साधारण सभाको अवसरमा सञ्चारकर्मी तारा आचार्य र ध्रुव भट्टराई तथा कर्मचारी दिपक फुयाँललाई नगदसहित पुरस्कृत गरेको हो ।

भट्टराईलाई ११ हजार राशी रहेको नगर विकास प्रतिभा पत्रकारिता पुरस्कार र आचार्यलाई महासंघद्वारा स्थापित पत्रकारिता १५ हजार राशीको प्रतिभा पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । यस्तैगरि महासंघमा लामो समयदेखि कार्यालय सचिवका रुपमा कार्यरत कर्मचारी दिपक फुँयाललाई ५१ हजार राशीको पुरस्कार प्रदान गरिएको छ ।

पुरस्कृत हुने तीनै जनालाई प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कृत गर्नु भएको थियो । साधारणसभामा मन्त्री कार्कीले राष्ट्र र समाजलाई सजग गराउने सञ्चार क्षेत्र जहिले पनि सचेत एवं गम्भीर हुनुपर्ने बताउँदै सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मीलाई राजनीतिक पार्टीको प्रतिनिधि भएर काम नगर्न सुझाव दिनुभयो ।

प्रदेशसभा सदस्य केदार कार्की, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य विनोद ढकालले जनतालाई सुसूचित गर्ने सञ्चार माध्यमले निष्पक्ष भएर काम गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेल, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ का अध्यक्ष राजेन्द्र राउत, मोरङ व्यापार सङ्घका उपाध्यक्ष प्रकाश मुन्दडा, नेपाली काङ्ग्रेस मोरङका सचिव नागेश कोइराला, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल, जिल्ला शाखाका उपाध्यक्ष कुमोद अधिकारी र महासचिव विवेक गौतमले सञ्चारकर्मीले देश र जनताकै हितमा अझ सशक्तरूपमा अघि बढ्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा महासङ्घका पूर्व सभापति सुवास ढकाल, मोहन भण्डारी, यज्ञ शर्मा, दीपक दाहाल, शिवबहादुर कार्की, विक्रम निरौला र महेन्द्र बिष्टलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३