प्रकाशित : २० पुष २०७५, शुक्रबार १८:४४

विराटनगर, २० पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार ‘फ्लप’ मात्रै नभएर ‘सुपर फ्लप’ भएको बताउनु भएको छ ।
‘सुपर फ्लप भइसकेको सरकार यहाँ भन्दा फ्लप हुने ठाउँनै छैन,’ उहाँले भन्नुभयोे, ‘वाइडबडी प्रकरण र निर्मला हत्याकाण्ड जस्ता विषयले नै सरकार सकिदियो ।’ विराटनगर विमानस्थलमा संचारकर्मीसंग आज बोल्दै देउवाले जनताको इच्छा र चाहना अनुसार काम गर्न नसकेका कारण सरकार विभिन्न विवादमा फस्दै गएको बताउनुभयो ।

उहाँले वाइडबडी प्रकरण र निर्मला हत्याकाण्ड जस्ता घटनाका कारण सरकारले अन्तराष्ट्रिय स्तरमै बद्नामी बेहोर्नु परेको आरोप लगाउनुभयो । सरकारले कैलालीको टिकापुर घटनाका मुख्य अभियुक्त शेरम चौधरीलाई गराएको सांसदको सपथको पनि उनले विरोध गर्नुभयोे ।

‘रेशमलाई सपथ गराउने विषय हामीलाई जानकारी नै थिएन,’ देउवाले भने, ‘हतियार नबोकिकन गएका प्रहरीलाई निर्मम तरिकाले हत्या गर्नेलाई कसरी सपथ गराइयो ?’

उहाँले निर्मला हत्या काण्डलाई सरकारले सानो रुपमा लिएको बताउँदै भने, ‘कांगेसले भने यो कुरालाई छाड्दैन । सबै ठाउँमा उठाई रहन्छ ।’ राजदूत फिर्ताको विषय सरकारको भएको भन्दै देउवाले कांग्रेसले यसलाई विरोध मात्रै गरेको र कांग्रेससंग फिर्ता बोलाइएका राजदूतलाई त्यहीं राखिरहन कुनै हैसियत नभएको बताउनुभयो ।

कर्मचारीका विषयमा पनि सरकार जवरजस्ती लागिरहेको उहाँको आरोप छ । देउवाले प्रदेशमा जान नमान्ने कर्मचारीलाई प्रोत्साहित गर्नु पर्ने ठाउँमा सरकारले जवरजस्ती हिसावबाट पठाउन खोजिरहेको आरोप लगाउनुभयो ।

‘कर्मचारीलाई थर्काएर र धम्क्याएर हैन फकाएर काममा लगाउन सक्नु पर्छ,’ उहाँले भन्नुभयोे, ‘जागिरबाट निकाल्छौं भनेर जवरजस्ती गर्नु सरकारको लाचारीपन हो ।’ कर्मचारी काममा नजाँदा समस्या हुन्छ भन्ने कुरालाई बुझेर त्यही हिसावले प्रस्तुत हुनु पर्ने र कर्मचारीलाई पनि प्रोत्साहित गर्ने खालका कार्यक्रम सरकारले ल्याउनु पर्नेमा उनको जोड छ । उहाँले पार्टीको १४ औं महाधिवेशन तोकिएकै समयमा हुने जिकिर गर्नुभयोे ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३