Breaking News

प्रदेशलाई प्रविधि मैत्री बनाइन्छ : मन्त्री कार्की

प्रकाशित मिति : १९ पुष २०७५, बिहीबार १८:५४

विराटनगर, १८ पुस । प्रदेश १ लाई प्रविधीमैत्री बनाउन प्रदेश सरकार तत्पर रहेको आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बताउनु भएको छ ।
विराटनगरमा बिहीबार प्रदेशस्तरीय प्रविधि मेला क्यान इन्फोटेकको उद्धघाटन गर्दै उनले अवको समय प्रविधिको भएकाले नयाँ पुस्तालाई समेत यसमा अभ्यस्त बनाउदै लैजानु पर्नेमा जोड दिनुभयो । पाँचदिनसम्म चल्ने मेलाका क्रममा मन्त्री कार्कीले भने, ‘नयाँ पुस्तालाई समेत अभ्यस्त बनाउदै अघि बढ्न प्रदेश सरकार तयार रहेको छ ।

तपाईहरु सरसल्लाहसहित आउनुस् सरकार सहयोगका लागि तयार छ ।’
प्रविधिको माध्यमबाट अपराध, सडक दुर्घटना नियन्त्रणमा ल्याउन सकिने उनको भनाइ छ । प्रदेश सुरक्षाका लागि २० हजार सुरक्षाकर्मी आवश्यक रहेकोमा हाल करिब ११ हजार सुरक्षाकर्मी मात्रै रहेको जानकारी उनले दिनुभयो ।

सीमित जनशक्तिले सबै कार्य गर्न गाह्रो हुने भएकाले ती क्षेत्रलाई समेत प्रविधीमैत्री बनाएर अघि बढ्नुपर्ने चुनौति रहेको कार्कीको भनाइ छ ।
त्यसै गरी मन्त्री कार्कीले प्रदेश १ को एक सय ३७ स्थानीय तहलाई पेपर लेस प्रविधीमैत्री बनाउने प्रयासमा सरकार रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश १ नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेशलाई पेपरलेस बनाउन आवश्यक भइसकेको बताउनुभयो ।

यद्यपि, सूचना प्रविधीमा जोडिएका व्यवसायीप्रति लक्षित हुँदै कार्कीले विभिन्न टेन्डरका लागि व्यवसायीहरुले राजनीतिक दलदेखि पहुचँवालासम्म दबाव दिने गरेको आरोप लगाउनुभयो ।

‘व्यवसायीहरुले आफ्नो सामान विक्रिवितरणका लागि मन्त्री, कर्मचारीदेखि चौतर्फी प्रलोभन देखाउँदै काम लिने गरेकाछन्, यस्तो प्रवृत्तिको अन्त्य हुनु आवश्यक छ,’ कांग्रेसका प्रमुख सचेतक कार्कीले भने ।
पाँचदिन सम्म चल्ने यस मेलामा प्रविधिसंग जोडिएका विभिन्न कम्पनीका एक सय १० वटा स्टलहरु राखिएको छ । मेलाका रुपमा आयोजना गर्न लागिएको क्यान इन्फोटेकमा प्रविधी प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी गराइने छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३