Breaking News

विराटनगरमा हुने क्यान इन्फोटेकको तयारी पुरा

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५०

विराटनगर, १८ पुस । प्रदेश नं. १ स्तरीय प्रविधि मेला क्यान इन्फोटेक २०१९ भोलिदेखि विराटनगरमा सुरु हुँदैछ । विराटनगरस्थित जैन भवनमा आयोजना हुने इन्फोटेकको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।

इन्फोटेक २३ गतेसम्म सञ्चालन हुनेछ । इन्फोटकमा विभिन्न १ सय १० वटा स्टल रहने क्यान महासंघ मोरङका अध्यक्ष राजन यादवले जानकारी दिनुभयो ।

विराटनगरमा बृहत प्रविधि मेलाका रुपमा आयोजना गर्न लागिएको क्यान इन्फोटेकमा प्रविधि प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी गराइने जनाइएको छ । त्यसका लागि काठमाडौंलगायत विभिन्न विश्वविद्यालयका प्रविधिसम्बन्धी विशेषज्ञहरू सहभागी हुनेछन् ।

पाँच दिनसम्म सञ्चालन हुने क्यान इन्फोटेकमा विद्यार्थीलाई प्रवेश निःशुल्क गरिएको छ भने सर्वसाधारणलाई ५० रुपैयाँ प्रवेश शुल्क राखिएको छ ।

इन्फोटेकमा रोबो बार, पब्जी, स्मार्ट सिटी मोडेलिङ, ह्याकाथोन, भिडियो थिम च्यालेन्ज जस्ता युवा तथा विद्यार्थी लक्षित कार्यक्रम पनि मुख्य आकर्षण हुने आयोजकले जनाएको छ । इन्फोटेकमा २ लाख मानिसले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३