प्रकाशित : १८ पुष २०७५, बुधबार १८:५२

विराटनगर, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीको विराटनगरमा भोली गरिने नागरिक अभिनन्दनको तयारी पुरा भएको छ । राष्ट्रपति भण्डारीलाई भोली महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले अभिनन्दन गर्दैछ ।

पुर्व विद्यार्थी भण्डारीको दिउँसो १ वजे क्याम्पस प्राङ्गणमा अभिनन्दन गरिने आज पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । राष्ट्रपति भण्डारी क्याम्पस प्रवेश लगत्तै मुल समारोह समितिले स्वागत गर्ने र सरस्वती मन्दिर र स्ववियु भवनको अवलोकन गराउँदै कार्यक्रम स्थलतर्फ लैजाने कार्यक्रम रहेको प्रचार प्रसार उपसमिति संयोजक डिल्ली पोखरेलले बताउनुभयो ।

राष्ट्रपति भण्डारीलार्य अभिनन्दन गर्नु पुर्व महेन्द्र मोरङ क्याम्पसको ऐतिहासिक पृष्ठभूमी, वर्तमान अवस्था, भावि योजना सहितको श्रव्यदृष्य प्रस्तुत गरिने उहाँले बताउनुभयो ।

अभिनन्दन समारोहमा प्रदेश नं. १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङ, मुख्यमन्त्री शेरधन राई, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, कानुनमन्त्री भानुभक्त ढकाल लगायतको सहभागिता रहने प्रचार संयोजक पोखरेलले जानकारी दिनुभयो ।

अभिनन्दन सफल पार्नका लागि क्याम्पस प्रमुख तिम्सिनाको संयोजकत्वमा २ सय १ सदस्यीय मुल समारोह समिति र ११ वटा उपसमितिहरु गठन गरिएको छ ।

राष्ट्रपति भण्डारी शैक्षिक शत्र २०३९/४० मा मानविकी संकाय अन्र्तगत स्नातक तहमा भर्ना हुनु भएको थियो । २०४० सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा कोषाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३