प्रकाशित : १७ पुष २०७५, मंगलवार १८:२७

विराटनगर, १७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पार्टीको १४ औ महाधिवेशन समयमै हुनु पर्ने बताउनु भएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले नेपाली कांग्रेसका नेतृत्व तहले विक्रम संवत् २०७६ फागुन मशान्तभित्रमा अधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले नेपाली कांग्रेसले धार्मिक स्वतन्त्रता र सहिष्णुतामा विश्वास गर्ने गरेको वताउंदै नेपालको राष्ट्रिय जनावर गाई संरक्षण हुनु पर्ने भन्दै प्रलोभनमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नु पर्नेमा जोड दिनुभयो ।

केन्द्रीय सदस्य कोइरालाले धर्म र राजनीति अलग विषय भएको भन्दै पार्टीको महासमिति बैठकमा हिन्दु राष्ट्रको चर्चा भएको स्पष्ट पार्नु भयो । यस्तै उहाँले नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा कमजोर रहेको बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३