Breaking News

विराटनगरमा अन्र्तराष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने

प्रकाशित मिति : १७ पुष २०७५, मंगलवार १८:२४

विराटनगर, १७ पुस । विराटनगरमा आगामी पुस २४ गतेदेखि प्रसिडेन्ट कप जुनियर अन्र्तराष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

मोरङ जिल्ला व्याडमिन्टन संघ र विराटनगर व्याडमिन्टन क्लवको सह आयोजनामा हुने प्रतियोगितामा नेपाल सहित मलेसिया, भारत, बंगलादेश र म्यान्मारका खेलाडीको सहभागिता रहने विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका सचिव लभभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा विराटनगर महानगरपालिकाको प्रबद्र्धनमा हुने प्रतियोगितामा नेपालका ४० सहित जम्मा ९० खेलाडीले सहभागिता जनाउने सचिव श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा १५ बर्ष मुनीको व्वाईज र गल्र्स सिंगल्स, १९ बर्ष मुनीको व्वाईज र गल्र्स सिंगल्स र १९ बर्ष मुनीको व्वाईज डवल्स र गल्र्स डवल्स गरि ६ इभेन्टमा खेल हुने छ ।

पुस २८ गते सम्म चल्ने प्रतियोगितामा २ लाख ५० हजार पुरस्कार राशी रहेको छ । आयोजकले प्रदेश नं. १ मा पहिलो पटक अन्र्तराष्ट्रिय जुनियर प्रतियोगिता हुन लागेको जनाएको छ ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३