प्रकाशित : १६ पुष २०७५, सोमबार १८:४३

विराटनगर, १६ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न अविलम्ब २५० बिगाहा जमीन अधिग्रहण गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरणको २० औँं वार्षिकोत्सवका अवसरमा विराटनगर विमानस्थलद्वारा आज विराटनगरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तीन हजार मिटर धावनमार्ग बनाउन विमानस्थल पश्चिततर्फको जग्गा मुआब्जा दिई अधिग्रहण गर्न ढिला नगर्न जोड दिनुभयो ।

मुख्यमन्त्री राईले विराटनगर विमानस्थलको विस्तार एवं स्तरोन्नतिका लागि विमानस्थलको आवश्यक विवरण सङ्कलन गरेको जानकारी दिँदै आगामी हप्ता प्रधानमन्त्री र पर्यटनमन्त्रीसँग भेटी निर्णय गरिने बताउनुभयो ।

उहाँले यस विमानस्थलबाट प्रदेशका १३ स्थानलगायत पोखराका लागि उडान चाँडै सुचारु गर्ने बताउँदै यस विमानस्थलमार्फत स्वदेशी र विदेशी पर्यटकलाई सगरमाथा क्षेत्रमा पुर्याउन प्रदेश सरकार आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो

आन्तरिक तथा कानून मन्त्री हिक्मत कार्कीले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक डिपीआर तयार भएमा सङ्घीय सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सकिने बताउनुभयो । विराटनगर विमानस्थल २०२५ असार ९ गतेदेखि सञ्चालित रहेको छ । यो काठमाडौँपछि दोस्रो ठूलो विमानस्थलको रुपमा रहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३