प्रकाशित : १६ पुष २०७५, सोमबार १८:४१

विराटनगर, १६ पुस । पूर्वाञ्चल विश्वविद्यालय विराटनगरले रजत जयन्ती मनाउने भएको छ । विश्वविद्यालय स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा आगामी पुस १९ गते विराटनगरमा रजत जयन्ती मनाईने आज पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा विश्वविद्यालयलाई सहयोग पुर्याउने तथा दीर्घ सेवा गर्नु भएका ५ जनालाई सम्मानित गर्ने उपकुलपति प्रा.डा.घनस्यामलाल दासले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी, तत्कालिन विराटनगर उपमहानगरपालिकाका प्रमुख अशोक कोइराला, विश्वविद्यालयका पुर्व उपकुलपतिहरु तोरणबहादुर कार्की, ध्रुवनारायणलाल दास, विश्व विद्यालय सेवा आयोगका संस्थापक अध्यक्ष कृष्ण पोखरेललाई सम्मानित गरिने छ ।

सरकारले ८०५ बिघा वन क्षेत्रको जग्गा उपलब्ध गराएको विश्वविद्यालयमा गोठगाउँ परिसरको समग्र शैक्षिक एवं प्राज्ञिक विकासलाई लक्ष्य गरी एमबिबिएस शैक्षिक कार्यक्रमको सञ्चालनलाई प्रमुख प्राथमिकतामा राखिएको उपकुलपति दासले बताउनुभयो । आङ्गिक क्याम्पसको विकास गर्दै लैजाने लक्ष्य राखी नौ आङ्गिक क्याम्पसको विकास एवं सम्वद्र्धनमा विश्वविद्यालय अग्रसर छ ।

रजत महोत्सवका अवसरमा विश्वविद्यालयका सङ्कायअन्तर्गत ८० व्यावसायिक र प्राविधिक विषयका कार्यक्रम सञ्चालन भइरहेको छ । एक सय २१ सम्बन्धनप्राप्त सम्पूर्ण क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उपकुलपति दासले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३