Breaking News

प्रदेश नं. १ मा स्वास्थ्य सेवाका २ सय बढी कर्मचारी काम विहिन

प्रकाशित मिति : १५ पुष २०७५, आईतवार १६:२४

विराटनगर, १५ पुस । प्रदेश नं. १ मा स्वास्थ्य सेवा अन्र्तगतका २ सय बढी कर्मचारी काम विहिन भएका छन् । जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालयहरु खारेज भएपछि स्वास्थ्य सेवा अन्र्तगतका विभिन्न तहका २ सय ३६ कर्मचारी काम बिहिन भएका हुन ।

१४ जिल्लाका स्वास्थ्य कार्यालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, क्षेत्रीय तालिम केन्द्र खारेजीमा परेपछि ३ सय १ कर्मचारीहरु मध्ये २ सय ३६ कर्मचारी दुई महिनायता काम बिहीन भएका हुन् ।

१४ वटा जिल्लास्थित जनस्वास्थ्य कार्यालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा कार्यरत जम्मा ६५ जना कर्मचारीलाई मात्र सामाजिक विकास मन्त्रालयले काममा खटाएको छ । २३६ कर्मचारी गत कात्तिक १ गतेदेखि काम बिहीन भएको प्रदेश १ सामाजिक विकास मन्त्रालय प्रवक्ता गोपी घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार काम बिहीन अवस्थामा बस्ने कर्मचारीहरु स्वास्थ्य सेवा तर्फ चौथो तहदेखि आठौ तहसम्मका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयमा जम्मा ६८ जना कर्मचारीको दरबन्दी छ ।

तर प्रदेश सरकार गठन भएको एक वर्षसम्म सबै पदपूर्ति हुन सकेको छैन् । दरबन्दी मध्ये ४६ पदपूर्ति भएको मन्त्रालयमा अझै २२ दरबन्दी खाली छ । सामाजिक विकास मन्त्री जीवन घिमिरे चाडै कर्मचारीहरुलाई दरबन्दी सिर्जना गरेर खटाइने बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३