Breaking News

धरान, १५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताले परिवर्तनको महशुस गर्ने गरि कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ सुनसरीको ११ औ बार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले राजनितिक परिवेशलाई आत्मसात गर्दै पुरानो संस्कार, ब्यवहार, कार्यशैली र चिन्तनबाट मुक्त भएर कलम चलाउन आग्रह गर्नुभयो ।

अबको पाच वर्षसम्म रहने यो सरकारले जनताको अपेक्षा अनुसार परिवर्तन, देशको विकास र आर्थिक सम्बृद्धीलाई जोड दिएर निती, योजना तथा कार्यक्रम ल्याउने दावी गर्नुहुदै मुख्यमन्त्री राईले स्थानीय तहलाई बलियो बनाउने गरी प्रस्ट निती नियम बनाउने दावी गर्नुभयो । राईले यी र यस्ता कार्यक्रमहरुलाई प्रभावकारी कार्यान्वयनका लागि पत्रकारीतको क्षेत्रबाट भरपुर सहयोगको अपेक्षा समेत व्यक्त गर्नुभयो ।

उहाँले महिला, बालबालीका, जेष्ठ नागरीक, अपाङ्गको लागि बस्ती बस्तीसम्म पत्रकारहरुको कलमको माध्ययमबाट सरकारका राम्रा कार्यक्रमहरुलाई पुर्याउन अनुरोध समेत गर्नुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३