Breaking News

जलवायु परिवर्तन सम्बन्धि युवा सम्मेलन विराटनगरमा शुरु

प्रकाशित मिति : १२ पुष २०७५, बिहीबार १८:०५

विराटनगर, १२ पुस । जलवायु परिवर्तन सम्बन्धि छैठौं राष्ट्रिय युवा सम्मेलन आजबाट विराटनगरमा शुरु भएको छ । जलवायुकालागि नेपाली युवाहरुको सञ्जालद्वारा आयोजित तीनदिने सम्मेलनमा देशभरिका सातै प्रदेशका ५८ जिल्लाका युवाहरुको सहभागिता छ ।

विराटनगरस्थित एक निजी होटलमा शुरु भएको सम्मेलनमा जलवायु परिवर्तन सम्बन्धि विभिन्न १० वटा कार्यपत्र प्रस्तुत गर्ने आयोजक संस्थाकी नेटवर्क कोअर्डिनेटर सञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।

उहांले सम्मेलनमा अनुभवको आदानप्रदान गरिनुका साथै जलवायु परिवर्तनसंग जुध्न युवाहरुको क्षमता अभिबृद्धि गरिने बताउनुभयो । सम्मेलन समापन हुनेदिन पौष १४ गते घोषणापत्र जारी गरिने जनाइएको छ ।

जारी भएको घोषणापत्र वातावरण मन्त्रालयका साथै विराटनगर महानगरपालिकालाई समेत बुझाईने आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३