प्रकाशित : १२ पुष २०७५, बिहीबार १८:०२

विराटनगर, १२ पुस । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं.१ मा विपद् व्यवस्थापनको काम प्रभावकारी र नमुना ढंगले सञ्चालन हुने बताउनु भएको छ ।

आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी आयोजित कार्यक्रममा उहाँले विपद व्यवस्थापनमा बिगतका सरकारले ठोस ढंगले पूर्व तयारी नगरेका कारण प्रशस्त जनधनको क्षति भएको बताउनुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले विपद जोखिम न्यूनीकरणको काम कामचलाउ ढंगले नभई प्रभावकारी ढंगले संचालन गर्नु पर्ने धारणा राख्नुभयो । प्रदेश सरकारको नीति, संरचना र योजना विपद जोखिम न्यूनीकरणमैत्री छ भन्दै उहाँले विकास र समृद्धिको कुरा गर्दा विपद जोखिमलाई पनि न्यूनीकरण गर्ने तर्फ विशेष ध्यान दिनु पर्ने आवश्यकता औल्याउनुभयो ।

मुख्मन्त्री राईले विपद जोखिमलाई लत्याएर विकास र समृद्धिको काम व्यर्थ हुने भन्दै प्रदेश नं.१ मा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन बनिसकेको र अव नियमावली एवं निर्देशिका बन्ने तयारीमा रहेको जानकारी गराउनुभयो ।

उहाँले विपद जोखिम न्यूनीकरण अभियानलाई सफल पार्न सबै नागरिकलाई साथमा लिएर अगाडि बढ्नु पर्ने धारणा राख्नुभयो । विपद अगाडि तयारी र ध्यान पुर्याउन सके कम क्षति हुने मुख्यमन्त्री राईको भनाई थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhab[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३