Breaking News

मोरङबाट १९ जना फरार प्रतिबादी पक्राउ

प्रकाशित मिति : ११ पुष २०७५, बुधबार १८:०५

विराटनगर, ११ पुस । प्रहरीले मोरङका विभिन्न स्थानबाट विभिन्न मुद्धाका डेढ दर्जन बढी फरार प्रतिबादीहरुलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय (ख) हाटखोला, ईलाका प्रहरी कार्यालय नेमुवा, ईलाका प्रहरी कार्यालय हरैचा र प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले आज विभिन्न मुद्दाका १९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ बुढिगंगा ४ का ५४ बर्षीय बुधलाल खवास, सोही स्थानका ६० बर्षीय सत्यनारायण खावास रहेका छन । उनीहरु ८ बर्षपछि पक्राउ परेका हुन । यस्तै सवारी ज्यान मुद्दामा कटहरी ५ का ६३ बर्षीय ब्रहमदेव सरदार, नकवजनी चोरी मुद्दामा जहदा ३ का २७ बर्षीय संजय राजबंशी, सार्वजनिक अपराध मुद्दामा ग्रामथान ५ का ४५ बर्षीय सतिस माझी, ४६ बर्षीय चन्दुलाल थान्दार, ५० बर्षीय धौरी थान्दार, ५८ बर्षीय आसनारायण थान्दार, ७० बर्षीय बाबुराम थान्दार ३ बर्ष पछि पक्राउ परेका हुन । यस्तै दुनियावादी देवानी विविध मुद्दामा मोरङ २ का ४५ बर्षीय बलराम उराउ ८ बर्ष पछि पक्राउ परेका हुन ।

सवारी ज्यान मुद्दामा मोरङ ग्रामथान २ का झुरबलाल मुडियारी ७ बर्ष पछि पक्राउ परेका हुन । जारी कैदमा ग्रामथान २ का ३८ बर्षीय बोधनारायण माझी र ३८ बर्षीया तारादेवी मण्डल ५ बर्ष पछि पक्राउ परेको जिल्ला पैहरी कार्यालय मोरङका डिएसपी घनस्याम श्रेष्ठले जानकारी दिनुभयो । नकवजनी चोरी मुद्दामा जहदा ३ का २७ बर्षीय संजय राजबंशी, ३८ बर्षीय बिपनारायण राजबंशी पक्राउ परेका हुन ।

लुटपिट मुद्दामा जहदा ३ का ४० बर्षीय सन्तोषी ऋषिदेव, गाली गलौज मुद्दामा जहदा ३ का ३० बर्षीया लक्ष्मीकुमारी राजभर, गाली बेईजती मुद्दामा जहदा ३ का ४५ बर्षीय शंकर राजभर र सवारी ज्यान मुद्दामा जहदा गाउपालिका २ का ५० बर्षीय मुर्मु सतार पक्राउ परेको डिएसपी श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार पक्राउ परेका १९ जना प्रतिवादीहरूलाई जिल्ला अदालत मोरङमा पेश गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३