प्रकाशित : १० पुष २०७५, मंगलवार ०७:११


उर्लाबारी, १० पुस । मोरङको उर्लाबारी नगरपालिका – ७ मा सोमबार साँझ आगलागी हुँदा एक महिलाको जलेर मृत्यु भएको छ ।
साँझ साढे ६ बजे रामबहादुर थापाको घरमा आगलागी हुँदा आगोले जलेर बुहारी ४५ वर्षिया रिनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
आगलागीको समयमा घरमा ८४ वर्षिय ससुरा रामबहादुर र बुहारी रिना रहेका थिए । रामबहादुरलाई स्थानीयबासी र प्रहरीले उद्धार गरेपनि बुहारी कोठामा चुक्कुल लगाएर सुतेकाले उद्धार गर्न नसक्दा आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा ससुरा रामबहादुर र बुहारी रिनासँगै नाती २५ वर्षिय हेमन्त थापा थिए । आगलागीको समयमा हेमन्त भने घर बाहिर थिए ।
आगलागीबाट फुस र टाटीको बेराले बनेको घर जलेर नष्ट हुँदा ५ लाख बराबरको क्षति भएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरी निरीक्षक तिमल्सिनाले बताउनुभयो ।