Breaking News

मोरङमा १९ अर्ब ३७ करोड १२ लाख राजस्व सङकलन

प्रकाशित मिति : ९ पुष २०७५, सोमबार १८:४५

विराटनगर, ९ पुस । चालु आर्थिक बर्षको पाँच महिनामा मोरङमा संघीय सरकारले सङ्कलन गरेको राजस्वको तुलनामा खर्च आधा भन्दा कम गरेको छ । चालु आर्थिक बर्षको पाँच महिनामा मोरङमा संघीय सरकारले जिल्लाका विभिन्न निकायबाट १९ अर्ब ३७ करोड १२ लाख राजस्व सङकलन गरी नौ अर्ब ५७ करोड ३९ लाख मात्र खर्च गरेको छ ।

जसमा कुल खर्च मध्ये चालु खर्च नौ अर्ब तीन करोड नौ लाख छ भने पूँजीगत खर्च ५४ करोड ३० लाख मात्र रहेको छ । संघीय सरकारले मोरङमा विभिन्न योजनाका लागि दुई अर्ब ७१ करोड ६३ लाख विनियोजन गरेकोमा चालु आबको पाँच महिनाको अबधिमा ५४ करोड मात्र रकम खर्च भएको छ । उक्त खर्च कुल पुँजीगत बजेटको २० प्रतिशत मात्र हो ।

संघीय सरकार अन्तर्गत मोरङमा सबै भन्दा बढी रकम संघीय विकास आयोजनामा एक अर्ब ५८ करोड १८ लाख रहेको छ । जसमध्ये मंसिर सम्ममा रु ३७ करोड ६० लाख मात्र खर्च भएको हो । त्यस्तै सडक डिभिजन कार्यालय तर्फ ५५ करोड ४० लाख रकम निकासी भएकोमा मंसिर सम्ममा नौ करोड ११ लाख मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेश सरकारको अबस्था त अझ नाजुक छ । चालु आबको पाँच महिनाको अवधिमा प्रदेश नं १ सरकारको पुँजीगत खर्च एक प्रतिशत भन्दा कम गरेको छ । प्रदेशन १ कोष तथा लेखा नियन्त्रण कार्यालय विराटनगरका अनुसार चालु अबमा पुँजीगत खर्च पाँच करोड ९३ लाख ९६ हजार मात्र भएको छ । प्रदेशमा प्रदेश सरकारले पुँजीगत तर्फ रु १४ अर्ब ५५ करोड बजेट बिनियोजन गरेको छ ।

सोही अबधिमा चालु खर्च भने ८९ करोड ७४ लाख ४९ हजार पुगेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३