प्रकाशित : ९ पुष २०७५, सोमबार १८:४३

विराटनगर, ९ पुस । विराटनगरका उद्योगी व्यवसायीहरुले अपाङ्गता भएका व्यक्तिहरुको सीप र क्षमता अनुसारको रोजगारी दिन तयार रहेका बताएका छन ।

अपाङ्गता भएका व्यक्तिको किसिम अनुसार दक्षता प्रदान गर्ने समेत उनीहरुले बताएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आज विराटनगरमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरुका लागि रोजगारी प्रवद्र्धनमा सरोकारवालावीचको संवाद कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का पर्यटन प्रमुख भविसकुमार श्रेष्ठले सीप र क्षमता भएका अपाङ्गता भएका व्यक्तिहरुको रोजगारीका लागि संस्थागत पहल हुनुपर्ने बताउनुभयो । उहाँले व्यक्तिगत रुपमा रोजगारी दिन समस्या हुने र दीगो पनि नहुने बताउनुभयो । उहाँले भन्नुभयो,‘ व्यक्तिगत रुपमा नभई, संस्थागतरुपमा पहल होस् ।’

उद्योगी खेमराज नेपालले निजी क्षेत्रलाई सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीका लागि कानून लगाउन नसक्ने बताउनुभयो । उहाँले व्यवसायको प्रकृति अनुसार अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारी दिन सकिने बताउनुभयो ।

उद्योग संगठन मोरङका महानिर्देशक नवराज कोइरालाले प्रशासनिक कामका लागि अपाङ्गता भएका व्यक्तिहरुको क्षमता अभिबृद्धिमा सहयोग गर्न सकिने बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरुको सीप अनुसारको रोजगारीका लागि उद्योग व्यवसायमा संगठनले पहल गर्ने बताउनुभयो । कार्यक्रममा विराटनगर महानगर पालिकाका प्रमुख भिम पराजुलीले महानगरको पार्किङ क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको ठूलो सख्याले रोजगारी पाईरहको दृष्टान्त प्रस्तुत गर्दै उनीहरुलाई क्षमताको आधारमा कार्यालयको जिम्मेवारीमा पनि रोजगार दिन सकिने बताउनुभयो ।

सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ की सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी (बराल) ले अपाङ्गता भएका व्यक्तिहरुका लागि आवस्यक सीपको पहिचान गर्न महासंघ समक्ष आग्रह गर्नुभयो ।

सीप पहिचान गरिए मन्त्रालयले क्षमता विकासको कार्य गर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, १ नं. प्रदेश अध्यक्ष पार्वता श्रेष्ठ, पुर्व अध्यक्ष राम कार्की, कार्यक्रम अधिकृत विमल वस्नेत लगायतले सरकारले बनाएका ऐन कार्यन्वयन हुन नस्कदा अपाङ्गता भएका व्यक्तिहरुले रोजगारी पाउन समस्या भएको बताउनुभयो ।

उहाँहरुले सीप भएर पनि वेरोजगार हुनु परेको गुनासो गर्नुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३