प्रकाशित : ८ पुष २०७५, आईतवार १८:४८

विराटनगर, ९ पुस । बाणिज्य कार्यालय विराटनगरको नेतृत्वमा गएको अनुगमन टोलीले मोरङको रंगेली र डाईनीया बजारका विभिन्न होटल तथा पसलबाट अखाद्य रंग प्रयोग गरिएको मिठाई र मिति सकिएका खाद्य सामाग्री जफत गरी नष्ट गरेको छ ।

होटलहरुबाट अखाद्य रंग प्रयोग गरिएका र सडेगलेको अबस्थामा फ्रिजमा राखिएका झण्डै दुई हजार भन्दा बढी मूल्यका त्यस्ता मिठाईहरु नष्ट गरिएका छन् । मिठाईलाई आकर्षक बनाउन अखाद्य रंग प्रयोग गरिएको पाइएको बाणिज्य कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले बताउनुभयो ।

‘औद्योगिक प्रयोजनका लागि प्रयोग गरिने रंग मनिसले खाने मिठाईमा प्रयोग गरिएका पाइयो’– प्रमुख बरालले भन्नुभयो । त्यस्तै सरकारले निर्धारण गरे भन्दा बढी मूल्य लिएर किराना पसलबाट विक्रि गर्दै गरेको अबस्थामा फेला परेको ८३ लिटर पेट्रोल पनि अनुगमन टोलीले नियन्त्रणमा लिएर जफत गरेको बताइएको छ ।

अनुगमनका क्रममा रंगेली र डाईनीयबा बजारका अधिकाँस पसलहरुमा मूल्य सूची नपाइएकाले तत्काल मूल्य सूची राखेर कारोवार गर्न निर्देशन दिएको बाणिज्य कार्यालय विराटगरा प्रमुख बरालले बताउनुभयो ।

अनुगमनकै क्रममा स्थानीय बजारका केही हार्डवेयर पसलहरुमा रिलायन्स कम्पनीको मिति सकिएको झण्डै रु तीन हजार मूल्य बराबरको पुरानो रंग पनि नियन्त्रण लिएर नष्ट गरिएको छ ।

बजार अनुगमन टोलीमा बाणज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका, प्रहरी कार्यालय र उपभोक्त मञ्चका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३