Breaking News

पत्रकार महासंघको चुनाव प्रत्यक्ष प्रणालीमा

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४५

विराटनगर, ६ पुस । नेपाल पत्रकार महासंघको निर्वाचन प्रत्यक्ष प्रणालीबाट हुने भएको छ । विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनले खर्चिलो र भड्किलो तरिकाले हुदै आएको निर्वाचन प्रणालीले आर्थिक समस्या र पेशामा विकृति बढाउन थालेको निकर्ष निकाल्दै विकल्प खोज्न निर्देश गरेपछि अगामी निर्वाचन प्रत्यक्ष प्रणालीबाट गर्न बाटो खुलेको हो ।

अध्यक्ष गोविन्द आर्चायले विराटनगरमा भएको राष्ट्रिय सम्मेनलको निर्णयलाई धनकुटामा आजदेखि शुरु केन्द्रीय समितिको बैठकबाट अनुमोदन गर्ने र फागुनमा हुने साधारण सभाबाट विधान संशोधन गरेर विधिबत रुपमा महासंघमा प्रत्यक्ष प्रणालीको निर्वाचनको थालनी गराउने बताउनुभयो ।

सम्मेलनले १२ बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ । जसमा निजामती कर्मचारी र सक्रिय नभएका पत्रकारको सदस्यता नवीकरण नगर्ने अनि शुद्धिकरणमा सबै जिल्ला शाखाहरुलाई कठोर बन्न पनि निर्देशन गरेको छ । साथै संघ, स्थानीय तह र प्रदेश सरकारलाई प्रेस स्वतन्त्रता संकुचित पार्ने कानूनहरु जथाभावी नबनाउन पनि आग्रह गरेको छ ।

महासंघका सबै जिल्ला र प्रदेश समितिहरुले निर्माण भएका कानूनहरुको सुक्ष्म अध्ययन गरेर छलफल चलाउने पनि सम्मेलनले निर्णय गरेको छ । सरकारले लागू गरेको न्युनतम पारिश्रमिक लागू गराउन पत्रकार महसघ हदैसम्म कठोर बन्ने र समस्या भएका ठाउँमा कडा भन्दा कडा आन्दोलन गर्ने पनि सम्मेलनले निर्णय गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३