प्रकाशित : ६ पुष २०७५, शुक्रबार १८:४०

विराटनगर, ६ पुस । ताप्लेजुङको निउरादिन गाउँपालिका ८ बाट १० दिन अघि हराएकी १४ वर्षीय बालिकालाई प्रहरीले मोरङको उर्लाबारी नगरपालिका ८ की विना लिम्बूको घरबाट उद्धार गरेको छ ।

गयराति इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना नेत्रृत्वको प्रहरी टोलीले बालिकाको उद्धार गरेको हो ।

गत मंसिर २५ गते बजार भर्न भनेर हिंडेकी बालिका घर नफर्किएपछि आफन्त र परिवारका सदस्यले प्रहरीलाई खवर गरेर खोजी थालेका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार बालिकालाई मोरङतर्फ ल्याएको सूचनाका आधारमा खोजी गर्दै जाँदा उर्लाबारीको विना लिम्बूको घरमा लुकाएर राखेको अवस्थामा उद्धार गरिएको हो ।

उहाँले झापाको विर्तामोड घर र ताप्लेजुङको निउरादिन ८ माईत भएकी सरिता लिम्बू (राई)ले बालिकालाई अभिभावकको अनुमति विना ललाईफकाई मोरङको उर्लाबारी ल्याएर विना लिम्बूको घरमा राखेको पत्ता लागेको बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३