प्रकाशित : ६ पुष २०७५, शुक्रबार १८:३४

विराटनगर, ६ पुस । विराट ट्रेड एक्स्पो (व्यापार मेला) आज बाट विराटनगरमा सुरु भएको छ । स्थानीय उत्पादनको प्रबद्र्धन र बजारीकरण गर्ने उद्देश्यले मोरङ व्यापार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पो (व्यापार मेला) सुरु भएको हो ।

मेलाको उद्घाटन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशकै औद्योगिक उत्पादनको बजारीकरण र पर्यटकीय क्षेत्रको बिकासका लागि व्यापार मेला कोसे ढुङ्गा सावित हुने बताउनुभयो । उहाँले व्यापार मेलामा प्रदेश भरीकै औद्योगिक उत्पादनको प्रदर्शनी हुने भएकाले त्यसको बजारीकरणमा महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

उहाँले विराटनगर औद्योगिक क्षेत्र भएपनि औद्योगिक प्रदर्शनीका लागि आवश्यक प्रदर्शनी स्थलको अभाव रहेको दृष्टान्त प्रस्तुत गर्दै प्रदेश सरकारले चाँडै नै विराटनगरमा अन्तर्राष्ट्रिय स्तरकै औद्योगिक प्रद्रर्शनी स्थलको व्यवस्था मिलाउन लागेको जानकरी गराउनु भयो । उहाँले प्रदेश नं १ को पर्यटकीय क्षेत्रको विकासलाई मध्यनजर गर्दै प्रदेश सरकारले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डको क्षेत्रीय विमान स्थल बनाउन लागेको जानकारी पनि गराउनुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले उद्यमी व्यवसायीहरुको पीर मर्का बुझेको स्मरण गराउँदै उपयुक्त खालको औद्योगिक नीति र बातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

कार्यक्रममा उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले पूर्वाधारको उचित विकासले मात्र उद्योग व्यवसाय फस्टाउने भएकाले सरकारको ध्यान त्यस तर्फ जानुपर्ने बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा उद्योगपति मोती दुगड, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमीरे लगयतका वक्ताहरुले व्यापार मेलाको महत्वको बारेमा बोल्नुभएको थियो ।

आगामी पुस १४ गते सम्म सञ्चालन हुने व्यापार मेलामा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त विदेशका व्यवसाय र पहाडी जिल्लाका खनीज जन्य, कृषि जन्य, र अन्य उत्पादनहरु समेत गरी करीब दुई सय ५० स्टलहरु रहेका छन् । व्यापार मेलामा नेपाल बाहेक चीन, भारत, पाकिस्तान र बंगलादेशका २५ वटा अन्तराष्ट्रिय स्टलहरु रहेका छन् ।

मेला अवधिमा प्रदेशन नं १ को पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले हेलिकप्टरबाट पाँच वटा हिमशृखंलाहरु अबलोकन गर्ने व्यवस्था पनि मिलाइएको छ । मेलामा झण्डै दुई लाख मानिसहरुले अवलोकन गर्ने र झण्डै २० करोडको कारोवार हुने अनुमान आयोजक संस्थाले गरेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३