Breaking News

विराटनगरमा हुने साफका लागि तयारी शुरु

प्रकाशित मिति : ५ पुष २०७५, बिहीबार १८:५१

विराटनगर, ५ पुस । अखिल नेपाल फुटबल संघ एन्फाले विराटनगरमा हुने साफ महिला च्याम्पियन्सीप २०१८ का लागि सचिवालय समिति र मैदान ब्यवस्थापन समिति गठन गरेको छ ।

विराटनगरस्थित आयोजित एक कार्यक्रममा साफ तयारीका लागि दुइवटा समिति गठन गरिएको एन्फाका केन्द्रीय सदस्य एवं प्रवक्ता किरण राईले जानकारी दिनु भयो ।

प्रवक्ता राईका अनुसार च्याम्पियन्सीपको समय नजिकिदो भएकाले साफ च्याम्पियनसीपको तयारी समितिद्वारा सचिवालय एन्फाका सह महासचिव बसन्त अर्यालको संयोजनमा पाँच सदस्यीय समिति गठन गरिएको छ । जसमा जिल्ला फुटबल संघ मोरङका महासचिव ओमप्रकाश मास्के, वरिष्ठ उपाध्यक्ष विमल राजभण्डारी, उपाध्यक्ष दिपेन्द्र तिवारी, र सदस्य अभयकुमार राई रहनु भएको छ । त्यसैगरि, मैदान व्यवस्थापनका लागि फुटबल संघ मोरङका अध्यक्ष दिपेन्द्र धिमालको संयोजकत्वमा मधुसुदन खनाल, मदन काफ्ले, अरुण लामा र राजु थापा रहनु भएको छ ।

कार्यक्रममा साफ च्याम्पियन्सीप तयारी समितिका संयोजक एवं एन्फाका केन्द्रीय सदस्य पंकज विक्रम नेम्बाङले प्रदेश नम्बर एकले अन्र्तराष्ट्रिय प्रतियोगिता गर्ने सुनौलो अवसर पाएकोमा सबै मिलेर सफल बनाउन आग्रह गर्नु भयो । साफ च्याम्पियन्सीप प्रदेशसंगै विराटनगरवासीका लागि चुनौति र अवसर दुवै भएको उहाँले बताउनु भयो ।

त्यसैगरि, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष सन्तोष बानिया साफको गरिमालाई सफल बनाउन सबैलाई समेट्नुपर्नेमा जोड दिनु भएको छ । कार्यक्रममा उपस्थित पदाधिकारीले अन्र्तराष्ट्रिय टोलीका लागि उचित होटलको ब्यवस्थापन, सुरक्षा अवस्था तथा भौतिक संरचनालाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा मोरङ जिल्ला फुटबल संघ सुनसरी जिल्ला फुटबल संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । महिला साफको पाँचौ संस्करण फागुन २८ गतेदेखि चैत्र ८ गतेसम्म हुने विराटनगरमा हुनेछ ।

च्याम्पियन्सीपमा आयोजक राष्ट्र नेपालसंगै भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान, माल्दिभ्सको सहभागिता रहनेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३