Breaking News

भोलीदेखि विराट ट्रेड एक्स्पो शुरु हुँदै

प्रकाशित मिति : ५ पुष २०७५, बिहीबार १८:४६

विराटनगर, ५ पुस । प्रदेश एककै सबभन्दा ठूलो ब्यापार मेला विराट ट्रेड एक्स्पो भोलिदेखि विराटनगरमा सुरु हुँदैछ । आयोजक समितिले आज पत्रकार सम्मेलनको आयोजना गर्दै मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ ।

विराटनगर २ शंकरपुरको खाली मैदानमा आयोजना गरिने मेलाका लागि आवश्यक स्टल र अन्य सम्पूर्ण तयारी पूरा भइसकेको आयोजनकले जनाएको छ ।

विराट ट्रेड एक्स्पोका संयोजक अनुपम राठीले भोलि ११ बजे प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले मेलाको उद्घाटन गर्नुहुने जानकारी गराउनुभयो । उहाँले मेलामा रहने २ सय ५० स्टलमध्ये ४२ वटा स्टल बाहिरी मुलुकका रहने बताउनुभयो ।

मुख्य आयोजक मोरङ ब्यापार संघका अध्यक्ष पवनकुमार सारडाले देश आर्थिक संकटतर्फ गइरहेको अवस्थामा आर्थिक क्षेत्रलाई गति दिन मेला आयोजना गरिएको बताउनुभयो । मेलालाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गर्न मेलास्थलमा सुरक्षा निगरानी गर्न १ सयवटा सीसी क्यामरा जडान गर्नुका साथै चौबिसै घण्टा सुरक्षा तैनाती रहने आयोजकले जनाएको छ ।

मेला पुस १४ गतेसम्म चल्ने मेला अवलोकनका लागि प्रतिव्यक्ति ६० रुपैयाँको टिकट दर कायम गरिएको छ । बिहान १० बजेदेखि बेलुका ७.३० सम्म मेला अवलोकन गर्न सकिने आयोजक समितिले जनाएको छ । मेलामा औद्योगिक र कृषि उत्पादका साथै मनोरञ्जनका विविध साधनहरुको समेत ब्यवस्थापन गरिएको छ । मेलामा ९ दिनको अवधिमा २० करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३