Breaking News

सुधार गृहमा दिइने यातनाको छानविन गर्दै प्रशासन

प्रकाशित मिति : ५ पुष २०७५, बिहीबार १८:३८

विराटनगर, ५ पुस । मोरङको उर्लाबारीमा रहेको जीवन बचाउ उपचार सेवा गृह नामक सुधार गृहका बारेमा प्रशासनले छानविन थालेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको निर्देशनमा गृहमा राखिएका बिरामीलाई दिने गरिएको चरम यातनाका बारेमा जिल्ला प्रशासन कार्यालय मोरङले छानविन थालेको हो ।

लागूऔषध तथा नशाजन्य वस्तुको दुव्र्यसन र कुलतमा फसेका बिरामीलाई सुधारका लागि भनेर राखिएको उक्त सुधार गृहमै कुटपिट गर्ने र यातना दिने गरिएको घटना बाहिर आएपछि प्रशासनले चासो दिएको हो । प्रजिअ केसीले सुधारका लागि भनेर राखिएका बिरामीलाई लामो समयदेखिको यातना दिने गरिएको विषय बाहिर आएपछि प्रशासनको ध्यान आकर्षण भएको बताउनु भयो ।

केसीले सुधारका लागि भनेर राखिएकालाई कुनै पनि किसिमको यातना दिन नपाइने र उचित हिसावबाट आवश्यक ‘काउन्सिलिङ’ गरेर सकारात्मक सोंचको विकास गराउँदै समाजमा पुर्नस्थापना हुने वातावरण दुव्र्यसन र कुलतमा फसेकाका लागि तयार पार्नु पर्ने बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३