प्रकाशित : ५ पुष २०७५, बिहीबार १५:३६

विराटनगर, ५ पुस । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले संघियतामाथि नियोजित रुपमा आक्रमण शुरु भएको बताउनुभएको छ । शिलशिला मिलाएर आक्रमण भइरहेको उहाँको भनाई छ ।

विराटनगरमा नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुदै मुख्यमन्त्री राईले सो कुरा बताउनु भएको हो । उहाँले संघियतामाथिको आक्रमण सामान्य नभएको समेत बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ५ बर्षका लागि मात्र सरकारमा आएको भन्दै मुख्यमन्त्री राईले भन्नुभयो,‘ सधैँका लागि सरकारमा आएको होइन ।’ शुन्यबाट काम शुरु भएकाले नजिता देखिन केही समय लाग्ने उहाँको भनाई छ । शुन्यतहबाट प्रदेशले काम गरेको भन्दै उहाँले भन्नुभयो,‘ नयाँ बाटोबाट हिँड्दा केही असहज हुनु स्वभाविक हो ।’

प्रदेश नं. १ को समस्या र चुनौतिको हेक्का राखेर नजिकबाट नियालिरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री राईले आफु पूर्ण प्रेस मैत्री बन्ने प्रयास गरेको बताउँदै प्रदेश सरकारको पहिलो नीति कार्यक्रम र बजेट बक्तब्य जारी गर्दादेखिनै प्रेस मैत्री भएर काम गरेको स्पष्ट पार्नुभयो । प्रदेश नंं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहँदा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता हनन हुन्छ कि भन्ने चिन्ता नदिन आग्रह गर्नुभयो ।

उहाँले प्रदेश १ सरकारले पत्रकारले आलोचना नगर्ने गरी काम गर्ने दाबी गर्दै नराम्रा काम प्रमाण सहित आलोचना गर्न सुझाउनुभयो ।

सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, पुूर्व अध्यक्ष शिव गाउँले, प्रेस युूनियनका केन्द्रीय अध्यक्ष वद्री सिग्देल, पे्रस चौतारीका अध्यक्ष गणेश वस्नेत, न्युुनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुुली, पत्रकार महासंघ एक नम्वर प्रदेश अध्यक्ष विक्रम लुुइटेल , नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष वन्धुु पोखरेलले बोल्नु भएको थियो ।

विराटनगरमा जारी सम्मेलनमा जिल्ला अध्यक्षहरु, प्रतिष्ठानका अध्यक्षहरु, प्रदेश तथा प्रतिष्ठानका अध्यक्षहरु लगायत गरि २ सय बढीको सहभागिता छ । सम्मेलनको जारी बन्द शत्रमा प्रेसको समस्या र आगामी रणनिति लगायतका विषयमा छलफल भएको छ । भोली विराटनगर घोषणा पत्र जारी गर्दै सम्मेलन समापन हुने छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३