प्रकाशित : ४ पुष २०७५, बुधबार १७:०८


विराटनगर, ४ पुस । विराटनगरमा अन्र्तराष्ट्रिय स्तरको वर्डप्रेस सम्मेलन हुने भएको छ । आगामी पुस ७ गते हुने सम्मेलनमा स्वदेश र विदेशका गरि करिव ४ सय जना सहभागि हुने आयोजक समितिका संयोजक गंगा काफ्लेले जानकारी दिनुभयो ।
आयोजक समितिले आज विराटनगरमा पत्रकार सम्मेलनमा उहाले वर्ड क्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्र्तराष्ट्रिय कार्यक्रम भएको बताउनुभयो । विराटनगरमा पहिलो पटक हुने यस कार्यक्रममा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विज्ञहरुको सहभागिता रहेने उहाँले बताउनुभयो ।
एक दर्जनबढी देशहरुबाट आउने विज्ञहरुले वर्ड प्रेस सम्वन्धि कार्यपत्र प्रस्तुत गर्ने आयोजक समितिका पर्वतराज झाले बताउनुभयो ।
वर्ड क्याम्पको अवसर पारेर सामाजिक कार्य गरिरहेका विभिन्न संस्थाहरुको वेबसाईट निःशुल्क रुपमा बनाएर हस्तान्तरण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार क्याम्पको आकर्षणका रुपमा आईटी क्वीज, अनलाईन गेमहरु समेत रहेका छन् ।