प्रकाशित : ४ पुष २०७५, बुधबार ११:४४

विराटनगर, ४ पुुस । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी नगरपालिका ४ मा भएको दुर्घटनामा परेर घाइते भएका एक जनाको उपचारका क्रममा गय राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोरङको पथरीशनिश्चरे नगरपालिका २ का १७ वर्षीय उमेश लिम्बूृको उपचारका क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको हो । यही मंसिर २९ गते पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ह ८६०६ नम्बरको सिटी सफारी चक्का खुस्किएपछि अनियन्त्रित भएर सडकमा गुडिरहेको को २२ प ८२५६ नम्बरको स्कुटरमा ठोक्किएको थियो ।

त्यस क्रममा भएको दुर्घटनामा परेर स्कुटरका चालक पथरीशनिश्चरे २ का २४ वर्षीय प्रकाश लिम्बू र पछाडि सवार उमेश लिम्बू घाइते भएका थिए । घाइते मध्ये उमेशको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिटी सफारी, सफारीका चालक र स्कुटरलाई भने नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३