Breaking News

ठगी मुद्धाका फरार पक्राउ

प्रकाशित मिति : ४ पुष २०७५, बुधबार ११:४३

विराटनगर, ४ पुस । प्रहरीले मोरङको जहदा गाउँपालिकाबाट ठगी मुद्धामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरको क्षेत्रीय अनुसन्धान समूहबाट खटिएको टोलीले जहदा ३ का ३६ वर्षीय रामटहल राजवंशीलाई पक्राउ गरेको हो ।

आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी विरुद्ध चलाइएको ठगी मुद्धामा जिल्ला अदालत मोरङले २०७३ साल असार १२ गते दुई महिना कैद र चार लाख ५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । अदालतको फैसला यता राजवंशी फरार थिए ।

प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएपछि राजवंशीलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार ईश्वरमणि ओझाले बताउनु भयो ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३