Breaking News

आमजुङी जंगलबाट दुईवटा बन्दुक बरामद

प्रकाशित मिति : ४ पुष २०७५, बुधबार ११:४२

विराटनगर, ४ पुस । मोरङको केरावारी गाउँपालिका ८ स्थित आमजुङी जंगलबाट हिजो साँझ प्रहरीले दुईवटा भरुवा बन्दुक बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय केरावारीका प्रहरी नायव निरीक्षक बलदेव सुवेदीको नेत्रृत्वमा मोटरसाइकलमा गस्ती गरिरहेको प्रहरी टोलीले लोड गरिएको अवस्थाका बन्दुक फेला पारेको हो ।

गस्ती गर्दै प्रहरी टोली पुगेको देखेपछि दुई व्यक्ति जंगलको बाटो हुँदै भागेका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार भागेका व्यक्तिलाई पिछा गर्दै जंगल सर्च गर्ने क्रममा लोड भएको अवस्थाका दुईवटा भरुवा बन्दुक फेला पारिएको हो ।

बन्दुक छाडेर भागेकाहरुको भने पहिचान हुन नसकेको श्रेष्ठले बताउनु भयो । उहाँले बन्दुक छाडेर भाग्नेहरु जंगलमा अवैध रुपमा बन्यजन्तुको चोरी सिकारी गर्ने समूह भएको हुन सक्ने आशंकामा खोजी तिव्र पारिएको जानकारी दिनु भयो ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३