प्रकाशित : २८ मंसिर २०७५, शुक्रबार १६:२८

विराटनगर, २८ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सदनमा जिम्मेवार प्रतिपक्षको भुमिका निर्वाह गरि रहेको वताउनु भएको छ ।

नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा उहाँले सदनमा हल्ला गरेर कुर्सी भाच्दैमा प्रतिपक्षको भुमिका शसक्त नहुने वताउनुभयो ।

नेपाली कांग्रेसले निर्मला हत्याकण्डको घटना तथा जनतालाई प्रत्यक्ष सरोकार राख्ने विषयलाई शान्तिपुर्ण तथा सालिन रुपमा सदनमा दवाव दिदै आएको वताउनुभयो । नेता सिंहले पार्टी भित्रका अन्तरद्धन्द्धका कारण कांग्रेसले विगतको निर्वाचनमा पराजय भोग्नु परेको भन्दै पार्टीमा सुधार आवश्यक रहेको वताउनुभयो ।

उहाँले कांग्रेसलाई एकतावद्ध रुपमा अघि वढाउन नेतृत्वले विधि सम्वद रुपमा पार्टीलाई अघि वढाउनुपर्नेमा जोड दिनुभयो । नेता सिंहले दुई तिहाईका वर्तमान सरकारले जन चाहना अनुसार कामगर्न नसकेको भन्दै महँगी नियन्त्रण तथा शान्ति सुरक्षा कायमगर्नेतर्फ ध्यान जानुपर्ने वताउनुभयो ।

अहिलेको सरकारलाई जनताले अवसर दिएकाले त्यो अवसरलाई सदुपयोग गर्नुपर्ने उहाको भनाई थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३