प्रकाशित : २८ मंसिर २०७५, शुक्रबार १६:२६

विराटनगर, २८ मंसिर । प्रदेश नं. १ सरकार र अखिल नेपाल फुटवल संघ (एन्फा) वीच मुख्यमन्त्री लिग र अन्र्तराष्ट्रिय आमन्त्रण कप फुटवल प्रतियोगिताका लागि २ करोडको सम्झौता भएको छ ।

प्रदेश स्तरिय लिग प्रतियोगिताका लागि १ करोड र अन्र्तराष्ट्रिय आमन्त्रण कप फुटवल प्रतियोगिताका लागि १ करोडको सम्झौता भएको छ । सम्झौता पत्रमा सामाजिक विकास मन्त्री जीवन घिमिरे र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता पछि बोल्दै मुख्यमन्त्री शेरधन राईले नेपालको फुटवल खेल जगतमा नयाँ कदम भएको बताउनुभयो । उहाँले नेपालमा सञ्चालन भएका प्रतियोगिता मध्येकै ठुलो राशीको प्रतियोगिता हुने समेत दावी गर्नुभयो । एन्फासँग मन्त्रालयले आगामी २०७९ साल सम्मका लागि सम्झौता गरेको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहालले जानकारी दिनुभयो ।

लिग प्रतियोगितामा प्रदेश नं. १ का १४ वटै जिल्लाका फुटवल टिमलाई अनिवार्य समावेश गराईने निमित्त सचिव दाहालले वताउनुभयो । लिगमा उत्कृष्ट हुने दुई टिमलाई अन्तर प्रदेश प्रतियोगिताका लागि छनौट गरिने बताईएको छ ।

लिगका लागि अखिल नेपाल फुटवल संघले प्रदेश स्तरिय लिग कमिटी गठन गरि प्रतियोगिता सञ्चालन गर्ने एन्फा अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । लिग सम्पन्न भएपछि अन्र्तराष्ट्रिय आमन्त्रण कप फुटवल प्रतियोगिता गरिने उहाँले बताउनुभयो ।

सो प्रतियोगिताका लागि ७ प्रदेशका उत्कृष्ट टिमहरु, ए डिभिजनका क्लवहरु मध्येका उत्कृष्ट ६ टिम र विदेशी टिमगरि बढीमा १६ टिम हुने अध्यक्ष शेर्पाले बताउनुभयो ।

मुख्यमन्त्री प्रतियोगिताले फुटवलमा राम्रो माहौल बनाउने उहाँको भनाई छ । ५ बर्षे सम्झौता कार्यक्रममा मुख्यमन्त्री शेरधन राई, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, सामाजिक विकास मन्त्री जीवन घिमिरे, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबो र एन्फाका पदाधिकारीको उपस्थिति रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३