प्रकाशित : २८ मंसिर २०७५, शुक्रबार १६:२३


विराटनगर, २८ मंसिर । विराटनगर– १० मा रहेका कोशी विद्या मन्दिर (केभिएम) ले २५ औं स्थापना दिवसको अवसरमा आज नि: शुल्क स्वास्थ्य शिविरको आयोजना गरेकोे छ ।
एक दिने स्वास्थ्य शिविरको प्रदेश १ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतले उद्घाटन गर्नु भएको थियो । स्वास्थ्य शिविरमा स्कूलमा अध्ययनरत ६ सय विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको छ ।
हाम्रो अस्पताल, सप्तकोशी अस्पताल र विराटनगर आँखा अस्पतालको सहयोगमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
स्वास्थ्य शिविरमा हाम्रो अस्पतालकी दन्त विषेशज्ञ डा. मिरा आचार्य र डा. अन्जली भट्टराईको टोली, सप्तकोशी अस्पतालका डा. अरविन्द महतोको टोली र विराटनगर आँखा अस्पतालका अमित महतोको टोलीले स्वास्थ्य सेवा दिएको प्रिन्सिपल धिजनबाबु काफ्लेले जानकारी दिनुभयो ।