प्रकाशित : २८ मंसिर २०७५, शुक्रबार ११:५८


विराटनगर, २८ मंसिर । जिल्ला स्तरीय अनुगमन तथा समन्वय समिति मोरङले मिक्लाजुङ्ग गाउँपालिका स्थित मावा खोलाका बजार चौक नाका र सुन्दर हरैचा नगरपालिका स्थित खदम खोलाको बन चौरी नाकाबाट ढुङ्गा गिटी निकासी बन्द गरेको छ ।
पूर्व निर्धारित मापदण्ड भन्दा बढी नदी जन्य पदार्थको दोहन गरिएका कारण ती दुई नका तत्काल बन्द गर्नु परेको जिल्ला समन्वय समिति मोरङका प्रशासकीय अधिकृत सरोज गौतमले बताउनुभयो ।
जिल्ला स्तरीय अनुगमन तथा समन्वय समितिले यही मंसिर १७ गते गरेको अनुगमनमा नदी पदार्थको निकासीका लागि पूर्व स्वीकृत उक्त नाकामा कुनै पनि किसिमको नदी जन्य पदार्थ नपाएपछि ती नाका बन्द गौतमले स्पस्ट पार्नुभयो ।
यस अघि जिल्ला सन्वय समिति मोरङले जिल्लाका विभिन्न १३ वटा स्थानीय तहबाट कुल ३४ लाख ८९ हजार घन मिटर नदी जन्य पदार्थ निकासीका लागि स्वीकृत गरेको थियो ।