प्रकाशित : २८ मंसिर २०७५, शुक्रबार ११:४२

विराटनगर, २८ असोज । अखिल जनतान्त्रिक तराई मुक्ती मोर्चा (विवेक समूह) ले प्रहरीसंगको दोहोरो भिडन्तमा गत सोमबार राति सुनसरीको कोसी गाउँपालिकामा मारिएको भनिएका व्यक्ति आफ्ना नेता भएको दावी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा सरकारद्धारा गठित राजनीतिक वार्ता टोलीसमक्ष विहिबार हतियार बुझाएर सार्वजनिक हुने क्रममा त्यतिबेला मारिएका व्यक्ति सप्तरीको गोबरगाढा ९ घर भई  पार्टीका केन्द्रीय सदस्य नसरुल मियाँ भएको समूहले जनाएको छ ।

समूहका केन्द्रीय अध्यक्ष विनोदकुमार भनिने विवेक यादवले मियाँलाई सप्तरीमै मारेर ल्याएर सुनसरीमा दोहोरो भिडन्तमा मारिएको भनेर लास देखाउने काम भएको दावी गर्नु भयो । सरकारसंग वार्ता गरेर शान्ति प्रक्रियामा आउने तयारी गर्दै गर्दा आफ्ना केन्द्रीय नेता मारिनु अपराधिक घटना भएको उहाँको भनाइ छ ।

प्रहरीले भने भिडन्तमा भारतीय डाँका समूहका सदस्यको मृत्यु भएको दावी गर्दै आएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले भने प्रहरीलाई गोली हानेपछि जवाफी फायरिङमा मारिएका व्यक्तिको पहिचान खुल्न नसकेको बताउनु भयो । ‘हतियार बोकेर आएका व्यक्तिले प्रहरीलाई गोली हाने,’ उहाँले भन्नु भयो, ‘त्यसपछिको त्यहीं भएको दोहोरो भिडन्तमा उनी मारिएका हुन् ।’

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले दोहोरो भिडन्तमा मारिएका व्यक्ति भारतीय नागरिक र नेपाली भूमिका डकैती गर्नकै लागि आएको समूहका सदस्य भएको बताउनु भयो ।

उहाँले सप्तरीमा नभइकन कोसी गाउँपालिकामै भिडन्तमा उनी मारिएको बताउनु भयो । प्रजिअ उप्रेतीले बिहिबार एक जना आमाछोराले मान्छे हराएको भन्दै खोज्न आएकोले शव पहिचानको लागी पठाएको जानकारी दिनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३