प्रकाशित : २८ मंसिर २०७५, शुक्रबार ११:३६

विराटनगर, २८ मङ्सिर । करदाताले सरकारलाई समयमै बुझाउनुपर्ने मूल्य अभिबृद्धिकर र आयकर बापतको रकमको आकार बढ्दै गएपछि आन्तरिक राजस्व कार्यालय विराटनगरले तागेदा सुरु गरेको छ । यस अन्तर्गत कार्यालयमा पुरानो बकौता रहेका सबै करदाताहरुलाई पहिलो चरणमा टेलिफोन, दोस्रो चरणमा पत्राचार र तेस्रो चरणमा सङ्कलन भ्रमण गर्ने कार्यक्रम रहेको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत दिलीपकुमार गौतमले बताउनुभयो ।

विभिन्न करदाताहरुबाट मूल्य अभिबृद्धि कर तर्फ तीस करोड र आयकर तर्फ पचास करोड भन्दा बढी असुली गनुपर्र्ने बाँकी बक्कौता रहेको छ । आयकर तर्फ विभिन्न व्यवासायिक कम्पनीहरुको नाममा विगत पचास बर्ष अगाडिको पुरानो बक्यौता असुली गर्न बाँकी रहेको छ भने मूल्य अभिबृद्धि तर्फ पनि दश बर्ष भन्दा पुराना बकौता रहेको छ । यसरी लामो समय देखि पुरानो बकौता रहेका कारणले कार्यालयले असुली गर्नुपर्ने रकमको आकार ठूलो हुन गएको प्रमुख कर अधिकृत गौतमको भनाई छ ।

पटक पटक ताकेदा गर्दा पनि पुरानो बकौता तिर्न अटेर गर्ने र कार्यालयले सार्वजनिक सूचना जारी गर्दा पनि सम्पर्कमा नआउने विभिन्न कम्पनी र त्यसका सञ्चालकहरुलाई कालो सूचीमा राखेर कार्यालयले कारवाही अगाडि बढाएको पनि प्रमुख कर अधिकृत गौतमले स्पस्ट पार्नुभयो ।

लामो समय देखि पुरानो बक्कौता बाँकी रहेका विभिन्न ३७ वटा व्यवसायिक कम्पनीहरुको नाममा यस अघि कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो । तर सार्वजनिक सूचना जारी गर्दा पनि सम्पर्कमा नआएकाले कार्यालयले उनीहरुको संलग्नतामा सञ्चालनमा भईरहेको अन्य कम्पनीहरु र उनीहरुको बैंक खाताको खोजी कार्य सुरु गरेको छ ।

कालो सूचीमा परेका कम्पनीका सञ्चालकहरुले कुनै नयाँ कम्पनी सञ्चालन गरिरहेको फेला परेमा त्यसको आयत निर्यात, जग्गा जमिन र कुनै बैंकमा खाता भए त्यसको बैंक खाता पनि रोक्का गरी पुरानो बकौता असुली गर्ने गरी कारवाही सुरु गरिएको पनि कार्यालय प्रमुख गौतमले स्पस्ट पार्नुभयो । त्यसका लागि कार्यालयले विभिन्न बैंक र मालपोत कार्यालयबाट रेकर्ड मागिएको उहाँले जानकारी दिनुभयो ।

बाँकी बकौता निकै पुरानो भएका कारणले सम्बन्धित व्यक्तिहरुको खोजी कार्य निकै कठिन भएको पनि उक्त कार्यालयका कर अधिकृतहरु बताउँछन् ।

मोरङ जिल्लामा अहिले मूल्य अभिबृद्धिकर ( भ्याट) तर्फ सात हजार २ सय ९२, अन्तःशुल्क तर्फ तीन हजार ६ सय ६७ वटा व्यवसायिक कम्पनीहरु दर्ता भएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३