प्रकाशित : २७ मंसिर २०७५, बिहीबार १३:३०

विराटनगर, २७ मंसिर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङ–सुनसरी सडक खण्डमा रहेका अधिकांस पुल जोखिममा रहेका छन् । ती पुलहरु निर्माण भएको पचास बर्ष भन्दा बढी भएका कारणले अधिकांस पुल जोखिममा रहेको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ ।

त्यस मध्येपनि साना खोलाको तुलनामा ठूला खोलाका अधिकांस पुल त अझ उच्च जोखिममा रहेको सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख शुभराज न्यौपानेले बताउनुभयो ।

भारबहन सवारी साधनको बढ्दो चाप र नदीमा आउने बाढीका कारणले पुलहरु बढी जोखिममा पर्दै गएको प्रमुख न्यौपानेको भनाई छ । पूर्व पश्चिम राजमार्गको मोरङ सुनसरी खण्डमा मावा, बक्राह, लोहन्द्रा, डाठ, गछिया, बुढी, ट्याङग्रा र सुनसरी जस्ता एक दर्जन ठूला खोलाहरु रहेका छन् ।

पूर्व पश्चिम राजमार्गको मोरङ –सुनसरी खण्डमा साना ठूला गरेर ३४ वटा पुल रहेका छन । त्यस्तै सुनसरीको धरान–भेडेटार सडक खण्डमा चार वटा, दुहबी–इनरुवा सडक खण्डमा चारवटा पुल रहेका छन् । मोरङको घिनाघाट–विराट चौक सडक खण्डमा छ वटा, विराटनगर–रंगेली–उर्लाबारी सडक खण्डमा १९ वटा पुल रहेका छन् ।

यसरी सवारीको उच्च चाप रहेको राजमार्ग क्षेत्रका पुलहरु नै उच्च जोखिममा रहेको पाईएपछि सडक डिभिजन कार्यालयले एक बर्ष अगाडि नै त्यसको जानकारी सडक विभागमा गराईसकेको पनि डिभिजन कार्यालय विराटनगरका प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

सडक विभागले विश्व बैंकको सहयोगमा पुलको वास्ताविक अबस्थाको पहिचान गरी मर्मत संभारको प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको डिभिजन कार्यालय विराटनगरले जनाएको छ ।

पछिल्लो अबस्थामा सुनसरीको इटहरी स्थित ट्याङग्रा र मोरङको डाँठ खोलाको पुलको मर्मत सुधारको काम भईरहको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३