Breaking News

पथरीशनिश्चरेमा स्वास्थ्य विमा कार्यक्रम

प्रकाशित मिति : २५ मंसिर २०७५, मंगलवार १८:४८

पथरीशनिश्चरे, २५ मंसिर । नगरवासीको स्वास्थ्यमा ख्याल राख्ने योजना अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा पनि स्वास्थ्य विमा कार्यक्रम लागू हुने भएको छ ।

स्वास्थ्य क्षेत्रका गतिविधिले प्रदेशमै चिनिएको सो नगरमा स्वास्थ्य विमा लागू गर्ने विषयमा समाजका विभिन्न पक्षका प्रतिनिधिहरुसँग नगरपालिकाले आज अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

नगरपालिका प्रमुख एवम् स्वास्थ्य विमा समितिका समेत प्रमुख रहनु भएका दिलिपकुमार राईले नगर समितिका सदस्य पुरा गर्दै वडा समिति निर्माण गरेर स्वास्थ्य विमाका सम्पूर्ण कार्यक्रम अघि बढाउने बताउनु भयो ।

स्वास्थ्य विमा वोर्ड १ नम्वर प्रदेशले अघिसारेको सो कार्यक्रममा बोर्डका दिलिप पोखरेल र खेम अधिकारीले सहजिकरण गर्दै स्वास्थ्य विमाका बारेमा प्रष्ट्याउनु भयो । उहाँहरुले प्रदेशभरी यसखाले अभियान सञ्चालनमा रहेको पनि उल्लेख गर्नुभयो ।

वडाध्यक्षको अध्यक्षतामा वडामा समेत समिति गठन गरेर अभिमुखिकरण कार्यक्रम सञ्चालनपछि प्रत्येक वडामा १,१ जना विमा सहयोगी छनौट गरिने छ । उहाँहरुमार्फत विमा गराउने अभियान चल्नेछ ।

पथरीशनिश्चरे नगरका लागि स्वास्थ्य विमाको प्रथम विन्दु नजिकै रहेको मंगलबारे अस्पताललाई बनाइएको छ । त्यहाँबाट अन्यत्रका विमा कार्यक्रम सञ्चालन गरेका अस्पतालमा रेफर समेत गरिने छ ।

विमाका लागि ५ जनासम्मको परिवारका लागि ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य उपचारका लागि वर्षको २ हजार ५ सय रुपैयाँ विमा स्वरुप अग्रिम जम्मा गर्नुपर्नेछ । ५ जना भन्दा बढी परिवार भएमा सो रकममा प्रति सदस्य ४ सय २५ का दरमा रकम थप गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३