Breaking News

नेकपा मोरङको सचिवमा भट्टराईको दावी

प्रकाशित मिति : २५ मंसिर २०७५, मंगलवार १८:४६

विराटनगर, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङको सचिवमा दिपक भट्राईले दावी गर्नु भएको छ । सचिवमा समेट्न खोजिएका नेकपा नेता गणेश उप्रेती ‘सुशील’ पार्टीको प्रदेश १ सदस्यमा परेपछि भट्टराईले सचिवको दावी गर्नु भएको हो ।

तत्कालिन एमाले र माओवादीबीचको एकतासँगै मोरङमा एमालेले अध्यक्ष र माओवादीले सचिव पदसहित ६०/४० को भागवण्डा गर्ने टुँगो कार्यदलले लगाएको थियो । सोही भागवण्डा अनुसार तत्कालिन माओवादीका नेता भट्राईले सचिवको दावी गर्नु भएको हो । उहाँसँगै सह–संयोजक रहनु भएका भोगेन्द्र यादव र सुशील प्रदेश सदस्यमा पर्नु भएको छ ।

जिम्मेवारी र नेत्रृत्व बहन गर्न सचिवको दावी गरेको बताउँदै भट्टराईले केन्द्रले समेत सहयोग गर्ने अपेक्षा राख्नु भयो । नेकपा जिल्ला अध्यक्ष पदका लागि भने तत्कालिन एमालेतर्फबाट ऋषिकेश पोख्रेल निश्चित जस्तै भइसक्नु भएको छ । पोख्रेल तत्कालिन एमालेको जिल्ला सचिव एवं पूर्व सांसद पनि हुनुहुन्थ्यो ।

एक सय ८५ सदस्यीय जिल्ला कार्यसमितिका लागि कार्यदलले एमालेतर्फबाट एक सय १० र माओवादीबाट ७५ जनालाई समेट्ने तयारी गरेको छ ।

 

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३