प्रकाशित : २५ मंसिर २०७५, मंगलवार १७:२१


विराटनगर, २५ मंसिर । भारतीय नगरिकलाई नेपाली नागरिकताको सिफारिस गरिदिएको आरोपमा मुद्दा खेपेकी विराटनगर महानगरपालिका १ की वडा सचिव पुष्पा तिम्सिना १ लाख रुपैयाँ धरौटी बुझाएर छुट्नु भएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले वडा सचिव तिम्सिनालाई छुटा–छुट्टै चार मुद्दामा मुलकी फौजदारी कार्यविधि (सिंहिता) ऐन २०७४ को दफा ६८ बमोजिम २५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाले बताउनु भयो ।
अदालतको आदशेपछि तिम्सिनाले चार मुद्दामा २५ हजार रुपैयाँको दरले एक लाख रुपैयाँ बुझाएको बताइएको छ ।
सम्बन्धित शीर्षकहरु